पुरानो कपडा पेलेर मासिक २५ हजार बचत

 बिहिबार, कार्तिक २९, २०७५ | onlinenews

रामेछाप- गाउँगाउँमा पुरानो कपडा संकलन गरि पेलेर कपास बनाई बिक्री गर्ने मजदुरहरुले मासिक २५ हजार रुपैयाँ बचत गर्ने गरेका छन् ।
पुरानो कपडा संकन गर्ने क्रममा रामेछाप जिल्लामा आइपुगेका सिरहाबासी मजदुहरुले आफ्नो खर्च कटाएर मासिक २५ हजार रुपैयाँ कमाई हुने बताए ।
पुरानो कपडा पेलेर कपास बनाउने मेशिन सहित घरघरमा पुग्ने गरेका उनीहरुले पुरानो कपडाबाट कपास बनाउनुका साथै सिरक, डस्ना र तकीया बनाएर गाउँमै बच्ने गरेका छन् ।
विदेश गएर फर्किएका ६ जना मिलेर २ वर्षदेखि पुरानो पकडा संकलन गरि कपास बनाएर बिक्री गर्दै आएका छन् । विदेशमा भन्दा यहीको कमाई राम्रो भएको सिरहाका महोमद हुसेनको बताए ।
उनीहरुले १ केजी कपडा पेलेको ज्याला २५ रुपैयाँ लिने गरेका छन् भने पेलेको कपास कपडा धनीले नलिएमा पुरानो कपडा पेलेर बनाएको कपास ५० रुपैयाँ केजीमा बिक्री गर्ने गरेका छन् ।
एक केजी कपास आउने पुरानो कपडालाई उनीहरुले २५ रुपैयाँ दिएर किन्ने गरेका छन् । उनीहरुले डस्ना बनाएर बेच्दा एउटा डस्ना १ हजार ५ सय रुपैयाँ सम्ममा बिक्री हुने गरेको शुभराज मोहम्मद मन्सरीले बताए । एक दिनमा १० वटासम्म डस्ना बनाउने उनले बताए ।
पैसा कमाउन कतार गएका उनीहरु कतारमा भनेजस्तो कमाई नभएपछि नेपाल फर्किएर पुरानो कपडा संकलन गर्ने काममा लागेका हुन् ।
पुरानो कपडलाई पेलेर कपास बनाई पुनः प्रयोगमा आउँदा पुरानो भएर फालिएका कपडाको पनि राम्रो सदुपयोग भएको रामेछाप नगरपालिका–२ का स्थानीय शेरबहादुर सार्कीले बताए । पुनासो कपडा संकलन गरेर कपास बनाउने मान्छे गाउँमै आउँदा कुहिएर खेरजाने कपडाको समेत राम्रो सदुपयोग भएको छ उनले भने ।

प्रतिकृया

Add