पुनःनिर्माण सम्पन्न गर्न डेढ खर्ब बजेट अभावः अर्थमन्त्री खतिवडा

 शनिबार, मंसिर १, २०७५ | onlinenews
Share this

 रामेछाप:  संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले २०७२ सालको भूकम्पपछि भइरहेको पनःनिर्माणको काम सम्पन्न गर्न डेढ खर्ब रुपैयाँ बजेट अभाव हुने बताएका छन् ।
पुनःनिर्माणका बाँकी काम सम्पन्न गर्न तीन खर्ब रुपैयाँ लाग्ने बताउँदै त्यसको लागि डेढ खर्ब रुपैयाँ बजेट अभाव हुने बताएका हुन् । भूकम्पबाट क्षतिभएका एक तिहाई मात्र निजी आवास निर्माण भएको पनि अर्थमन्त्री खतिवडाले बताए ।
विश्व बैकको सहयोगविना पुनःनिर्माणको काममा असर पर्ने भएकाले पुनःनिर्माणमा थप सहयोगको लागि विश्व बंैकसँग कुरा भइरहेको पनि अर्थमन्त्री खतिवडाले बताए ।
अर्थमन्त्री डा. खतिवडाले विश्व बैंकले सहयोग नगर्ने हो भने नेपालको सामाजिक विकासमा समेत गम्भीर असर पर्ने बताए ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका–८ गाइखुरामा निर्माण हुन लागेको एकीकृत नमूना बस्तीको निरीक्षण गर्न रामेछाप पुगेका अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
भूकम्पबाट क्षतिग्रस्त गाइखुखारको माझी बस्तीको सरकारी लगानीमा एकीकृत नमूना बस्ती निर्माण गरिने भएको छ ।
एकीकृत नमूना बस्ती निर्माण गरिने ठाउँको स्थलगत निरीक्षको लागि अर्थमन्त्री सहित एसियाली विकास वैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष हटवीङ सेचफरको टोली रामेछाप गएको थिए ।
माथिल्लो अरुण जलविद्यत आयोजनाको भ्रमण गरेर रामेछाप पुगेका टोलीमा पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख शुशिल ज्ञावली पनि रहेका थिए ।

Share this

प्रतिकृया

Add