रस्नालुका स्थानीय क्लवद्धारा बजार सरसफाई

 सोमवार, मंसिर ३, २०७५ | onlinenews
Share this

रामेछापः जिल्लाको गोकुलगंगा गाउँपालिकाको स्थानीय क्लव ग्रामिण यूवा परिषदले रस्नालु बजार सरफाई गरेको छ ।
क्लवले गाउँपालिका तथा संघसंस्था र स्थानीयसँग समन्वय गर्दै गोकुलगंगा गाउँपालिका–३ को छहरे खोलादेखि भुजी डाँडासम्मको सडक र सडकमा पर्ने रस्नालु र भुजिडाँडा बजार सरसफाई गरेको हो ।
सरसफाइको क्रममा संकलन भएका फोहोर मैलालाई जम्मा गरेर नष्ट समेत गरेको छ । सरसफाईपछि आयोजना गरिएको कोणसभालाई संवोधन गर्दै गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले व्यवसाय सञ्चालन गर्दा दर्ता गरेरे अघि बढ्न अनुरोध गर्दै फोहोर व्यवस्थापनमा बजारबासीको मुख्य भूमिका रहने वताए ।
त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार राइले यूवा क्लवले गरेको सरसफाई कार्यक्रमको प्रशंसा गर्दै समाज परिवर्तनको लागि यूवाहरुको महत्वपूर्ण भूमिका रहने वताए ।
सार्वजनिक विदाको दिन सामूहिक रुपमा बजार सरसफाई गर्न क्लवले अभियान नै चलाउने क्लवका अध्यक्ष हरि सुनुवारको भनाई छ ।
“सफा रहौं स्वस्थ बनौ” भन्ने मूल नाराका साथ गरिएको सरसफाई कार्यक्रममा गाउँपालिका अन्तर्गका जनप्रनिधि, कर्मचारी, शिक्षक, साथै विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय वुद्धिजिवी र बजारबासीको उपस्थिति रहेको क्लवका महासचिव सञ्जयकुमार सुनुवारले जानकारी दिए ।

Share this

प्रतिकृया

Add