नेपाल पुस्तक महासंघको अध्यक्षमा घिमिरे

 सोमवार, मंसिर ३, २०७५ | onlinenews
Share this

रामेछाप: नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ जिल्ला शाखा रामेछापको अध्यक्षमा मिनप्रसाद घिमिरे चयन भएका छन् ।
पाँचौ जिल्ला अधिबेसनले मिनप्रसादको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरेको हो । कार्य समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षद्धय सुजन घिमिरे, गणेश माझी, सचिब इन्दिरा बख्रेल, सहसचिव कुमार श्रेष्ठ र कोषाध्यक्षमा राजनप्रसाद पौडेल रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा विजय घिमिरे, रस्मिला काफ्ले, भगवति बुढाथोकी, भिमबहादुर श्रेष्ठ, कुमार थापा र जानकी कर्माचार्या रहेका छन् ।
अधिवेसनले जगन्नाथ दाहाल र रमेश ढुंगेललाई केन्द्रिय प्रतिनिधि तथा तारा थापा, शान्ता सापकोटा र रीता ढुंगेललाई प्रदेश प्रतिनिधिमा चयन गरेको छ ।
संस्थाका निवर्तमान अध्यक्ष रमेश ढुंगेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको उद्घाटन नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघका केन्द्रिय उपाध्यक्ष नवराज ढकालले गरेका थिए ।
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य वासु भेटवाल, काठमाडांै जिल्ला शाखा अध्यक्ष महेश शर्मा, नेपाल पत्रकार महासंघ का ३ न. प्रदेश सदस्य बद्रि नयाँघरे, शिक्षक महासंघका सचिव रामकृष्ण श्रेष्ठ, प्याप्सन रामेछापका अध्यक्ष दिपक खड्का, मन्थली माविका प्राचार्य टंकप्रसाद दाहाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

Share this

प्रतिकृया

Add