उत्कृष्ट करदाताको रुपमा मन्थली बचतलाई सम्मान

 बुधबार, मंसिर ५, २०७५ | onlinenews
Share this

प्रविण मुदेल


रामेछाप: आर्थिक वर्ष २०७३÷७४ मा रामेछाप जिल्लामा सबै भन्दा बढी कर तिर्ने मन्थली बचत तथा ऋmण सहकारी संस्थालाई सम्मान गरिएको छ ।
आन्तरिक राजस्व कार्यालय धुलिखेलले रामेछाप जिल्लाभरी सबै भन्दा बढी आयकर बुझाउने सहकारीलाई सम्मान गरेको हो ।
सप्तहब्यापी कार्यक्रम अन्तर्गत सदरमुकमा मन्थलीमा आयोजित कार्यक्रममा सहकारीलाई आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले प्रमाणपत्र सहित सम्मान गरेका हुन् ।
सातौँ राष्ट्रिय कर दिवसलाई लक्षित गरी मंसिर १ गतेदेखि सञ्चालन भएको सप्तहब्यापी कार्यक्रम अन्तर्गत जिल्लाको सदरमुकाम मन्थलीमा प्रभातफेरी ¥यालीको आयोजना समेत गरिएको थियो ।
रामेछाप उद्योग बाणिज्य संघको आयोजना तथ आन्तरिक राजस्व कार्यालय धुलिखेलको सहयोगमा भएको प्रभातफेरी ¥यालीपछि जिल्ला समन्वय समितिको हलमा करदाता शिक्षाको आयोजना पनि गरिएको थियो ।
कार्यक्रममा रामेछाप उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष केशब घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का, मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल लगायतले आफ्नो भनाई राखेका थिए ।

Share this

प्रतिकृया

Add