द भ्वाइस अफ नेपाल र तेजेन्द्र गन्धर्वको साँगीतिक यात्रा

 बुधबार, मंसिर ५, २०७५ | onlinenews

तेजेन्द्र गन्धर्व देशले चिनेको अनुहार होइन । तर, सामान्य परिवारका तेजेन्द्रले नेपाली लोक संगीतिक क्षेत्रमा पछिल्लो समय आफ्नो उपस्थितिलाई दरिलो बनाउन सफल भएका छन् ।
तेजेन्द्रले स्वदेश तथा विदेशमा समेत चर्चा कमाइरहेका छन् । पछिल्लो समय आफ्नो उपस्थितिलाई बलियो बनाइरहेका तेजेन्द्रको बिगतलाई हामीले खोतल्ने प्रयास गरेका छौं ।
नेपालमा कलाकारिता क्षेत्रमा भएको आशा लाग्दो परिवर्तनले थुप्रै गायक गायिकालाई जन्माइरहेकोे छ । यसको उदाहरण हो, “नेपाल आइडल सिजन–२” र “द भ्वाइस अफ नेपाल ।”
पोखराका बिक्रम बराल, झापाका सुमित पाठक, पोखराकी निलिमा थापामगर, दोलखाका पबन गिरी, धनगढीका रवि ओट त्यसैगरी अमित बराल, अस्मिता अधिकारी लगायतका प्रतिस्पर्धीले आइडलको मञ्च तताएका छन् ।
उनीहरुले मञ्च मात्र तताएका छैनन् । नेपालको सांगीतिक क्षेत्रमा आपूm अब्बल भएको दरिलो प्रमाण समेत पेश गरिरहेका छन् ।
त्यस्तै “द भ्वाइस अफ नेपाल” पनि सिङ्गिंङ्ग रियालिटि ‘सो’ को अर्को चर्चित टेलिभिजन कार्यक्रम हो । “द भ्वाइस अफ नेपाल”को कोच सनुपको टिमबाट विद्या तिवारी, सैलेश्वरी सिं, सानिध्या थापा, सन्तोष राना र सप्तक दुतराजले उत्कृष्ट २० आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । त्यस्तै कोच दिपको टिमबाट आनी श्रेष्ठ, बिबेक वाइवा, सि.डि बिजय, राजु तामाङ र स्वेच्छा ठकुरी प्रतिस्पर्धाको मैदानमा छन् । कोच अभयाको टिमबाट अनु शाक्य, अश्रा कुँवर, विवेक लामा, कुशल आचार्य र श्रेया राइलले आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै लगेका छन् ।
टिम प्रमोदबाट आशिष गुवाजु, श्रीजे थपलिया, सुरज तामाङ, शुरेखा क्षेत्री र शुशिल गड्तौलाले पनि उत्कृष्ट २० बाट प्रतिस्पर्धा गरिरहेका छन् ।
“द भ्वाइस अफ नेपाल”को उत्कृष्ट २४ बाट बाहिरिएका केहि प्रतिस्पर्धीहरुले पनि आफ्नो पहिचान बनाइसकेका छन् । जस मध्येका एक जना प्रतिस्पर्धी हुन् तेजेन्द्र गन्धर्व ।
“द भ्वाइस अफ नेपाल”का प्रतिस्पर्धी मध्य तेजेन्द्रको आफ्नै पहिचान थियो । जो उनकी सानिमा बर्ता गन्धर्व र उनमा देखियो । उनीहरु सारंगीसँगै गाउँथे, र सारंगीसँगै रमाउँथे । “द भ्वाइस अफ नेपाल”को अडिसनमा तेजेन्द्रको आफ्नै रचना ‘बल्छि काँडैले’ बोलको गीत गाएर चारजना मध्य तिनजना जजलाई मोहित पारि आफ्नो पक्षमा पार्न सफल भएका थिए । तीन जना कोच मध्य तेजेन्द्रले प्रमोद खरेललाई रोजेका थिए ।
त्यस्तै ब्याटलमा आफ्नै सानिमा बर्तासँग “ए कान्छा ठट्टैमा यो बैंस जान थाल्यो’, र ‘रेशम फिरिरि..’ बोलको गीतमा जीत निकालेका तेजेन्द्रले कञ्चनपुरकी निर्मला पन्थको बलात्कारपछि हत्या भएको घटनाक्रमलाई समेटेर तयार गरिएको गीत गाएपछि उनको चर्चा झनै चुलियो । उनको त्यो प्रस्तुतिबाट धेरैका आँखा रसाए ।

को हुन् तेजेन्द्र ?

भोजपुर जिल्ला (पूर्व जरायोटार गाविस–४) अरुण गाउँपालिका–४ मा बुबा कर्ण गन्धर्व र आमा बत्तिमाया गन्धर्वको कोखबाट २०४७ सालमा जेठो सन्तानको रुपमा तेजेन्द्रको जन्म भएको थियो । उनकोे परिवारमा हजुरआमा, बुवा, आमा, भाई÷बुहारी, भतिजी, बहिनी, श्रीमति र छोरी गरी १० जना छन् । सानै उमेरदेखि सारंगीमा अब्बल उनको बुवा, भाई र बहिनी पनि सारंगी बादक हुन् । ७ बर्षको उमेरदेखि सारंगी बजाउन सिकेका तेजेन्द्रले एसएलसी सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।
क्यापस भर्ना भएर नपढे पनि आफ्नो भनाई प्रष्टसँग राख्न सक्ने खुवी छ, उनीसँग । “द भ्वाइस अफ नेपाल”को मञ्चबाट विदा लिने बेलामा उनले दिएको अभिब्यक्तिबाट यो कुरा प्रमाणित भइसकेको छ । तेजेन्द्र बोलिरँहदा उनका कोच प्रमोदसहित चारैजना कोच र उनका प्रतिपर्धी समेत स्तब्ध थिए ।

द भ्वाइस अफ नेपालमा आउनु पहिले के गर्थे तेजेन्द्र हेनुहोस् भीडियोमा

तेजेन्द्र “द म्वाइस अफ नेपाल”मा आउनु पहिले वैदेशिक रोजगारीमा जानु अघि अनिवार्य लिनुपर्ने सूचना के हो ? वैदेशिक रोजगारीको सिलसिलामा ठगी हुन सक्ने जोखिमपूर्ण अवस्थाहरु के–के हुन् ? भन्ने विषयमा गीतमार्फत जनचेतना फैलाउँदै गाउँगाउँमा हिड्थे । स्वीस सरकार र नेपाल सरकारको द्धिपक्षीय साझेदारी र हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालीत “सुरक्षित आप्रवासन परियोजना” (सामी) र जिल्लामा कार्यक्रम सञ्चालन गर्ने संस्थाको आयोजनामा हुने कार्यक्रममा गीतको मध्यमबाट वैदेशिक रोजगारी सम्बन्धि सूचना दिंदै हिड्थे उनी । उनले खोटाङ, उदयपूर र रामेछाप जिल्लाको अधिकांश दुरदराजका बस्तीबस्तीमा पुगेर गीत गाइसकेका छन् । उनको गीत सुनेर बैदेशिक रोजगारीमा जाने व्यक्तिहरु, समस्यामा परेका व्यक्तिहरु, विदेश जानुपूर्व शीप तालिम लिने यूवाहरु जिल्लामा सञ्चालीत सूचना तथा परामर्स केन्द्रमा आइपुग्थे ।
सामाजिक विकासको महत्वपूर्ण आधार नै समुदायमा चेतनाको विकास गर्नु हो । जवसम्म समुदायलाई सहि सूचना र जानकारी प्रदान गर्न सकिन्न तवसम्म परिवर्तनको अपेक्षा गर्नु व्यर्थ हुन्छ भन्ने सोच भएका तेजेन्द्रले अहिले आफ्नो परिचयलाई फराकिलो बनाउँदै गएका छन् ।
घरको आर्थिक अवस्था कमजोर भएका तेजेन्द्रले गीत रेकर्ड गर्ने सपना बुनेका थिए तर उनीसँग पैसा थिएन । परियोजनामा आवद्ध रहेर केहि पैसा आर्जन गरे पनि घर खर्च चलाउन मात्र पुग्ने भएकाले उनको सपना अधुरै थियो ।
“बल्छि काँडैले हितैको मायालाई छेक्यो डाँडैले” बोलको गीत रेकर्ड गरेर यू–ट्यूवमा अपलोड गरेका थिए । त्यसमा उनको ३० हजार रुपैयाँ खर्च भएको थियो । ३० हजार रुपैयाँ पनि उनले निकै मुस्किलले जुटाएका थिए ।
आफैंले लगानी गरेर एल्बम निकाल्न उनीसँग पैसा थिएन । गीतकार र संगीतकारलाई उनी चिन्दथे तर उनलाई चिन्दैन थिए । जब उनले भ्वाइस अफ नेपालमा गीत गाए अनि उनलाई सबैले चिन्न थाले । “द भ्वाइस अफ नेपालबाट त उनी बाहिरिए तर उनले यतिबेला नँया अवसर पनि पाएका छन् ।
भ्वाइस अफ नेपालबाट बाहिरिएको छोटो समयमै उनको “साँइलीरिमई” बोलको गीत रेकर्ड भएर बजारमा आइसकेको छ । डि.पी खनालको शब्द, शंकर थापा स्माइलको संगीत, उदयराज पौडेलको संगीत संयोजनमा इश म्यूजिक प्रा.लि.ले गीत बजारमा ल्याएको हो ।
मूलाले आपूmलाई आवश्यक पर्ने खाल्डो आफैले तयार पार्छ भन्ने उखानलाई तेजेन्द्रले सिद्ध गरिसकेका छन् ।
गाउँमा बसेर खेतीको अलावा सहायक पेशाको रुपमा सारंगी बजाउँदै गाउँदै हिड्ने तेजेन्द्र अब सांगीतिक मूलधारमा उदाइसकेका छन् ।
तेजेन्द्र भन्छन् सायद “द भ्वाइस अफ नेपाल”को सांगीतक प्रतिस्पर्धामा सहभागि नभएको भए म अहिले पनि जरायोटारमा नै सिमित रहने थिए ।

प्रतिकृया

Add