प्रहरीद्धारा अवैध मदिरा नष्ट

 मङ्लबार, मंसिर ११, २०७५ | onlinenews
Share this

प्रविण मुदेल


रामेछापः जिल्ला प्रहरी कार्यालय रामेछापले अवैध घरेलु मदिरा नष्ट गरेको छ । मन्थली नगरपालिका–६ सेलेघाटमा सवारी चेकजाँचको क्रममा प्रहरीले बरामत गरेको अवैध १ सय २० लिटर घरेलु मदिरा र ब्यापारिले बिक्रीको लागि अवैध रुपमा ल्याएका ८० प्याकेट पटका (विष्फोटक पदार्थ) प्रहरीले मंगलबार नष्ट गरेको हो ।
कनूनी रुपमा अवैध रहेको घरेलु मदिरा बिक्री वितरण गरेको पाइएकाले नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अमरेन्द्र बहादुर सिंहले बताए ।
घरेलु मदिराकै कारण समाजमा दिनदिनै बढ्दै गइरहेको घरेलु हिसालाई न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय रामेछापले मदिरा नियन्त्रण अभियान नै चलाएको छ । अवैध मदिरालाई पूर्ण रुपमा नियन्त्रण गर्न प्रहरीले समुदायसँग मिलेर मदिरा नियन्त्रण अभियान चलाएको पनि प्रहरी नायव उपरीक्षक सिंहले बताए ।
जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्ला प्रशासन कार्यालय रामेछाप, कोष तथा लेखा नियन्त्रक कार्यालय रामेछाप, रामेछाप उद्योग बाणज्य संघ र पत्रकारहरुको रोहवरमा प्रहरीले बरामत गरेको अवैध मदिरा तथा विष्फोटक पदार्थ नष्ट गरेको हो ।

Share this

प्रतिकृया

Add