रोमालाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिग, समुह जी को शिर्ष स्थानमा

 बुधबार, मंसिर १२, २०७५ | onlinenews

एएस रोमालाई २–० हराउँदै रियल म्याड्रिड यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जी को शीर्ष स्थानमा पुगेको छ।
मंगलबार भएको लिगको पाँचौ खेलमा रियल म्याड्रिडको जीतका लागि ग्यारेथ बेल र लुकास भाज्केजले गोल गरेका हुन् ।
रोमाका मिडफिल्डर सेन्गिज उन्दरले पहिलो हाफमा गोल गर्ने उत्कृष्ट मौकालाई खेर फालेपछि पहिलो हाफमा दुवै पक्षको गोल हुन सकेन ।
रियलले दोस्रो हाफमा आक्रामक सुरुवात ग¥र्यो । खेलको ४७ औं मिनेटमा ग्यारेथ बेलले डिफेन्डर फेडेरिको फाजियोको गल्तिको फाइदा उठाउँदै रियललाई सुरूवाती अग्रता दिलाए ।
खेलको ५९ औं मिनेटमा लुकास भाज्केजले दोस्रो गोल थप्दै रियलको जीत पक्का गरे । खेलमा अरु कुनै गोल हुन नसकेपछि रियलले खेल २–० ले जित्यो ।
जितसँगै अंक तालिकामा रियल शीर्ष स्थानमा रहने पक्का भएको छ । रोमाले पनि दोस्रो स्थानमा रहँदै अर्को चरणको यात्रा तय गरेको छ ।
रियल यो सँगै लगातार १५ औं सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । सन् २००३–२००४ यता यस्तो सफलता हात पार्ने रियल एक्लो टोली हो ।

प्रतिकृया

Add