शुभलक्ष्मी हार्डवेयरमा प्रशासनको शीलबन्दी

 बुधबार, मंसिर १२, २०७५ | onlinenews
Share this

रामेछापः  जिल्लाको सदरमुकाम मन्थलीमा रहेको शुभलक्ष्मी हार्डवेयर एण्ड सप्लायर्समा जिल्ला प्रशासन कार्यालय रामेछापले शीलबन्दी गरेको छ ।
बजार अनुगमनको क्रममा हार्डवेयर सञ्चालकले व्यवसाय नविकरण नगरेको, म्याद गुज्रेका सामाग्रीको भण्डारण र बिक्री वितरण गरेको, राजस्व नतिरेको, फर्जी बील प्रयोग गरेको र हिसाब नराखि सामान बिक्री गरेको पाइएपछि हार्डवेयर पसलमा शील लगाइएको हो ।
अनुगमनको क्रममा ब्यवसायिलाई कम्जोरी सच्याउन जिल्ला प्रशासन कार्यालयले २ पटकसम्म दिएको निर्देशनको पालना नगरेको र बजार अनुगमन प्रतिनिधमाथि नै गालीगलौज र दूब्र्यवहार गरेपछि पसलमा शीलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्माले जानकारी दिए ।
हार्डवेयर पसलले पूरा तौल नभएको सिमेन्ट, पूरा तौल र ट्यागविनाको रड बिक्री गरेर उपभोक्तलाई ठगी गरेको पाइएको पनि अनुगमन समितिले जनाएको छ ।
बजार अनुगमनको क्रममा उनको भण्डारमा रहेका म्याद नाघेका इनामेल लगायतका निर्माण सामाग्री अनुगमन प्रतिनिधिले उठाएपछि अनुगमन प्रतिनिधि र ब्यवसायिबीच सामान खोसाखोस समेत भएको थियो ।
पसल शीलबन्दी गर्न पुगेको जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहितको अनुगमन टोलीसँग ब्यवसायि सिताराम श्रेष्ठले आफ्नो कम्जोरी भएको स्वीकार गरेका छन् । घरेलुमा नविकरण नहुनु, बिक्री केन्द्रमा म्याद गुज्रिएका सामाग्री राख्नु आफ्नो कम्जोरी भएको उनले स्वीकार गरेका हुन् ।
हार्डवेयर पसल शीलबन्दीसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले ७ दिने सूचना दिएर ब्यवसायिलाई जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न पनि निर्देशन दिएको छ ।

Share this

प्रतिकृया

Add