दोलखाका अभियुक्त रामेछापमा पक्राउ

 बुधबार, मंसिर १२, २०७५ | onlinenews
Share this

प्रविण मुदेल


रामेछापः श्रीमतिको हत्या गरि फरार भएका दोलखा जिल्ला जिरी नगरपालिका–९ ठूलो पातलका तस्बीर तामाङ रामेछाप जिल्लाबाट पक्राउ परेका छन् ।
अभियुक्त तामाङलाई रामेछाप जिल्लाको मन्थलीस्थित भैसेश्वरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई बुधबारनै जिल्ला प्रहरी कार्यालय दोलखामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए ।
मंसिर १० गते आग्लो प्रहार गरि श्रीमति राममाया तामाङको हत्या गरि तामाङ फरार भएका थिए ।

Share this

प्रतिकृया

Add