वडा कार्यालय भवन स्टिमेट विपरीत निर्माण

 शुक्रबार, मंसिर १४, २०७५ | onlinenews
Share this

रामेछापः जिल्लाको उमाकुण्ड गाउँपालिका–७ को निर्माणाधिन वडा कार्यालयको भवन प्राविधिक स्टिमेट विपरीत निर्माण भएको छ ।
वडा कार्यालयको भवन, सरकारी भवन निर्माण संहिता विपरीत निर्माण भएको भन्दै त्यहाँका स्थानीयले वडा कार्यालयलाई ज्ञापन–पत्र मार्फत ध्यानाकर्षण गराएका छन् ।
उमाकुण्ड गाउँपालिका–७ का स्थानीयले ध्यानाकर्षण पत्र बुझाउनुका साथै नेपाल सरकारको भवन निर्माण संहिता अनुसार भवन निर्माण गर्न पनि आग्रह गरेका छन् ।
मापदण्ड विपरीत निर्माण भइरहेको कामलाई सुधार गरि मापदण्ड र नक्सा अनुसार भवन निर्माण गर्न वडा अध्यक्षलाई मौखिक रुपमा पटक–पटक सुझाव दिंदा पनि सुधार गर्न तयार नभएपछि लिखित रुपमै ध्यानाकर्ष गराइएको स्थानीय हरिकाजी श्रेष्ठले बताए ।
फण्डेशनको काम भइरहेको भवनको प्राविधिक स्टिमेट अनुसार हात्ति पाइलेमाथि पुटिङ विम राखेर टाइविम राख्नुपर्ने भए पनि पुटिङ विम नराखिकनै टाइविम राखेको स्थानीयले बताएका छन् ।
टाइविमलाई भत्काएर हात्तिपाइलेदेखि नै नक्सा अनुसारको काम गर्नुपर्ने स्थानीयको माग रहेको हरिकाजी श्रेष्ठले बताए । काम सुधार गर्नको लागि गाउँपालिकाको कार्यालय, जिल्ला समन्वय समिति रामेछाप, पुनर्निर्माण प्राधिकरण र प्रदेश सरकारको समेत स्थानीयले ध्यानाकर्षण गराएका छन् ।
नक्सामा रहेको डिजाइन अनुसार काम गर्न पटक–पटक आग्रह गर्दा पनि वडा कार्यालयले आपूm खुसी भवन निर्माण गरेको सोही वडाका इन्जीनियर हुसमेन अन्सरीले बताए । फण्डेशनमा सुधार नगरि अहिलेकै अवस्थामा भवन निर्माण गर्ने हो भने आपूmले मूल्यांक दिन नसक्ने कुरा भवन निर्माण समितिलाई जानकारी गराइसकेको पनि उनले बताए ।
स्थानीय ब्यक्तिहरुले वडा कार्यालयमा ध्यानाकर्षण गराएपछि तत्कालको लागि काम रोकिएको जानकारी दिंदै सम्बद्ध पक्षबीच छलफल गरेर निष्कर्षमा पुगेपछिमात्र काम अगाडि बढ्ने पनि उनले बताएका छन् ।
वडा अध्यक्ष रुद्रमणी नेवारले भने प्राविधिको सुझाव अनुसार नै भवन निर्माणको काम भइरहेको बताएका छन् । बजेट अभाव भएकाले भवन एकतले मात्रै बनाउने गरि इञ्जीनियरको सुझाव अनुसार नक्सामा रहेको डिजाइन भन्दा केही फरक डिजाइनमा निर्माणको काम भइरहेको बताए । प्राविधिकको सुझाव अनुसार नै काम भइरहेको उनको दावि छ ।
वडाका केही ब्यक्तिहरुले ब्यक्तिगत रिसइविको आधारमा आपूmमाथि अनावसेक लान्छना लगाएर विरोध गरिरहेको पनि वडा अध्यक्ष नेवारको भनाई छ ।
त्यस्तै गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले पनि वडा प्राविधिकको सुझाव अनुसार नै भवन निर्माणको काम भइरहेको प्रतिक्रिया दिएका छन् । आर्थिक घोटला भएमाले आफूले त्यस्तालाई नछोड्ने सुनुवारको भनाई छ । बजेट कम भएको कारण नक्सामा रहेको डिजाइन भन्दा केही फरक पर्न गए पनि प्राविधिकको सल्लाह अनुसार नै काम गरिएको पनि गाउँपालिका अध्यक्ष सुनुवारले बताए ।

Share this

प्रतिकृया

Add