दुई दिनमा १ सय ६० जना आँखा विरामीको सल्यक्रिया

 आइतवार, मंसिर १६, २०७५ | onlinenews
Share this

प्रविण मुदेल


रामेछाप: जिल्लाको सदरमुकाम मन्थलीमा सामुदायिक आँखा केन्द्रले सञ्चालन गरेको दुई दिने आँखा शिविरमा १ सय ६० जना आँखा विरामीको शल्यक्रिया गरिएको छ ।
शिविरमा १ सय ५३ जनाको मोतियाबिन्दु शल्यक्रिया, ७ जनाको समान्य शल्यक्रिया गरिएको हो । त्यस्तै २ सय जना भन्दा बढी आँखा विरामीको जाँच गरि औषधि दिइएको सामुदायिक आँखा केन्द्र मन्थलीका इञ्चार्ज बासु अधिकारीले जानकारी दिए ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडांैको प्राविधिक सहयोगमा रामेछाप सामुदायिक आँखा केन्दले दुई दिने आँखा शिविर सञ्चालन गरेको थियो ।
चार वर्षदेखि दुबै आँखा नदेख्ने भएका मन्थली नगरपालिका–१२ का ८० वर्षिय खड्गबहादुर भण्डारीले आँखाको सल्यक्रियापछि प्रतिक्रिया दिंदै पहिलाकै संसार देख्न पाएकोमा आपूm अन्यन्तै खुसी भएको बताए ।
आँखा नदेख्दा संसार हराएको जस्तो लाग्थ्यो तर, होइनरहेछ, आँखाको उपचार गर्दा निको हुन्छ भन्ने कुरा थाहाँ नपाउँदा संसा अन्धकार भएको रहेछ भण्डारीले भने । साथै उनले आफ्ना आँखाको शल्यक्रिया गराउँन सहयोग गरिदिने संस्था र चिकित्सकलाई पनि धन्यवाद दिए ।
त्यस्तै उमाकुण्ड–७ भुजीका ७१ वर्षिय सुर्जे राइले एक वर्ष अघि तिलगंगा आँखा अस्पतालमा एउटा आँखाको शल्यक्रिया गर्दा ६० हजार रुपैयाँ खर्च भएको सुनाउँदै जिल्लामै २ हजारमा आँखाको शल्यक्रिया गर्न पाउँदा खुुसी लागेको बताए ।
आँखा शिविरमा सामुदायिक विकास समाज, मन्थली बचत तथा ऋण सहकारी संस्था लि. मन्थली, तामाकोशी सहकारी अस्पताल मन्थली र तामाकोशी सेवा समिति मन्थलीले सहयोग गरेका थिए ।
शिविरमा स्वास्थ्य विमा गरेका विरामीहरुको निःशूल्क र बिमा नगरेका विरामीसँग दुई हजार रुपैयाँ शूल्क लिएर आँखाको शल्यक्रिया गराइएको सामुदायिक आँखा केन्द्रले जानकारी दिए । आँखाको सल्यक्रिया गरेका ४२ जनाको यातायात खर्च, खाना बस्ने र उपचारमा लगेको सम्पूर्ण खर्च सामुदायिक विकास समाजले उपलब्ध गराएको थियो ।
समाजसेवी, वरिष्ठ साहित्यकार तथा पत्रकार स्व. जगदीश घिमिरेले सन् २००१ मा स्थापना गरेको आँखा केन्द्रबाट अहिलेसम्म ७ हजार भन्दा बढी आँखाका रोगीहरुले उपचार पाइसकेका छन् ।

Share this

प्रतिकृया

Add