रेडक्रसले बनाइदियो बर्थिङ्ग सेन्टर

जिल्लाको रामेछाप नगारपालिका–५ रामपुरमा नेपाल रेडक्रस सोसाइटीले बर्थिङ्ग सेन्टरको लागि भवन निर्माण

 बुधबार, मंसिर २६, २०७५ | onlinenews

रामेछाप: जिल्लाको रामेछाप नगारपालिका–५ रामपुरमा नेपाल रेडक्रस सोसाइटीले बर्थिङ्ग सेन्टरको लागि भवन निर्माण गरिदिनुका साथै प्रसूति गराउँन आवश्यक पर्ने उपकरणहरु पनि प्रदान गरेको छ ।
बर्थिङ्ग सेन्टर सञ्चालनको लागि १७ लाखको लागतमा निर्माण भएको दुई कोठे भवन र प्रसूती गराउँन आवश्यक पर्ने ५ लाख भन्दा बढिको उपकरणहरु नेपाल रेडक्रस सोसाइटी रामेछापले वडा कार्यालयलाई हस्तान्तरण गरेको हो ।
भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत जापान सरकारको आर्थिक सहयोग र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको प्राविधिक सहयोगमा बर्थिङ्ग सेन्टरको भवन निर्माण गरि प्रसूति गराउँन आवश्यक पर्ने उपकरणहरु प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाका सभापति शिवकुमार कार्कीले बताए ।
निर्माण सम्पन्न गरि हस्तान्तरण गरिएको भवनमा एक महिनाभित्र प्रसूती सेवा सञ्चालन हुने रामेछाप नगरपालिका–५ का अध्यक्ष भिमबहादुर तामाङको भनाई छ ।
सडकको समेत भरपर्दो सुविधा नभएको रामेछाप नगरपालिका–५ रामपुरमा बर्थिङ्ग सेन्टर सञ्चालन हुने भएपछि त्यहाँका स्थानीयबासी खुसी भएका छन् ।
बच्चा जन्माउन नसेकेकै कारण आमाहरुले ज्यान गुमाउन पर्ने समस्याबाट रामपुरबासी अब मुक्त हुने स्थानीय स्वास्थ्य स्वयंसेविका कृष्णकुमारी सुनुवारले विश्वास ब्यक्त गरिन ।
भूकम्पपछि पुनः निर्माण अन्तर्गत निजी आवास निर्माण, स्वास्थ्य साथै खानेपानी तथा सरसफाइको क्षेत्रमा समेत नेपाल रेडक्रस सोसाइटीले काम गरेको रामपुरका स्थानीयले एउटा एम्बुलेस सहयोग गरिदिन पनि रेडक्रसलाई अनुरोध गरेका छन् ।

प्रतिकृया

Add