युटुवमा छायो, रोज सुनामीको “मरि लानु के नै छर…”

 बुधबार, पुस ४, २०७५ | onlinenews

काठमाडौं- रोज सुनामी राईको स्वरमा सजिएको “मरि लानु के नै छर, दुई दिने जिवनमा ? लैजाने मै हुँ तिमिलाई, यहि मंसिरैमा….।” बोलको गितले यतिबेला युटुवमा व्यापक चर्चा बटुली रहेको छ । संगीतप्रेमी तथा प्रेममा रमाइरहेकाले गीतलाई मन पराई रहेका छन् ।
साकेलाको लयलाई मिसाइएका कारण दर्शक तथा श्रोताहरुलाई गीतले आफूतिर तानिरहेको छ । शब्द संगीत देवेश राईको रहेको “मरि लानु के नै छर, दुई दिने जिवनमा ? लाई ओ एसआर डिजिटलले बजारमा ल्याएको हो ।
गीतको म्यूजिक भिडियो पनि त्यतिकै हेर्न लायक बनेको छ । दिनेश माङमुले निर्देशन गरेको म्युजिक भिडियोमा धरानकै मनोरमस्थल घोपाका दृष्यहरु समावेश छन् ।
ड्रोन सर्टहरुका कारण भिडियोले दर्शकहरुलाई अझै आनन्दको अनुभुति दिन्छ । यो गितको म्युजिक भिडियोमा सञ्जय लामा र जेसुन लिम्बुले अभिनय गरेका छन् ।
रोज सुनामी राई वाल्यकालदेखि नै गीतसंगीत भनेपछि हुरुक्कै हुने गर्दथे । उनको जन्म संखुवासभामा भए पनि उनको वाल्यकाल बराह, सुनसरीमा बित्यो । उमेरले २५ बसन्त पार गरिसकेका उनी १६ वर्षको उमेरमै काठमाडौं भित्रिए । गीत संगीतकै दौडाहमा खुल्ला आकाशमुनि बिताएका रात र धेरै कष्टका क्षणहरु संगाल्दा एउटा फिल्मको कथा नै बन्ने उनको तर्क छ ।
धरानका सांगीतिक गुरु भोलाप्रसाद राई र रेडियो नेपालको प्रेरणा सधैं स्मरण्ीाय बनेको रोजको अनुभव छ ।
७ वर्षअघि जब उनी नाम चलेको पूर्वाञ्चल आइडलको फाइनलसम्मको यात्रा गर्न सफल भए तब यो बोलको गीत सार्वजनिक भयो । र त्यही गितलाई नयाँ फ्लेवर दिएर मंगोलियनसहित समग्र नेपाली संस्कृति उजागर गर्ने अठोटका बोकेर संगितपे्रमि माझ झुल्किए, उनै रोज । उनका दुई सेन्टिमेन्टल र अर्का दुई पूर्वेली लोक भाकामा आधारित गितहरु पनि रेकर्डिङकै प्रकृयामा छन् ।
गित हेर्न तथा सुन्ने स्वदेश र विदेशमा रहने नेपालीहरुलाई आवश्यक सल्लाह र सुझाव दिन पनि रोजको अनुरोध छ ।

प्रतिकृया

Add