एमालेको अहंकारले सप्तरी घटना: महतो

 बुधबार, चैत्र २, २०७३ | onlinenews

काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलन अहिलेसम्मकै सबैभन्दा घनघोर र कठिन हुने बताएका छन् । राजविराजमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले ‘सप्तरी घटनामा नश्लवादी चरित्रलाई उदांगो पार्दै सरकारले गरेको दमन जग जाहेर भइसकेको र अब सरकारलाई अन्तराष्ट्रिय अदालमा उभ्याउनुको विकल्प नभएको बताए ।
नेकपा एमालेले आयोजना गरेको मेची–महाकाली अभियानको गत सोमबार सप्तरीमा प्रहरीको गोली लागी ३ जनाको र उपचारको क्रममा २ जनाको मृत्यु भइसकेको छ । बारम्वार सम्झाउँदा पनि एमालेले आक्रोशित मधेशी जनतालाई चिढाउने गरी मेची–महाकाली अभियान सुरु गरेको बताउँदै महतोले सप्तरीमा पाँचजनाको ज्यान जाने गरी भएको घटना एमालेको अहंकार, नालायकीपन र नश्लवादी चिन्तनको परिणाम भएको आरोप लगाए ।
मधेशीलाई अपमान गर्न छोडेर मधेशीको अधिकारका लागि संविधान संशोधनको पक्षमा उभिन उनले एमालेलाई आग्रह गरे । सप्तरी घटना संयुक्र लोकतान्त्रिक मधेसी मोर्चाको केन्द्रिय नीति वा निर्णय अनुसार नभएको बताउँदै महतोले मधेश र मधेशीका विरुद्ध एमाले र तिनका अध्यक्ष ओलीले समय समयमा गरेको अपमानको प्रतिशोधमा मधेशी जनता उत्रेको बताए । महतोले शहीद घोषणा र सम्मानमा राज्यले मधेसी माथि विभेद गरेको आरोप पनि लगाए ।

प्रतिकृया

Add