जति घ्यू खाए पनि प्रकाशको जिउ नलागेपछि…..

 बिहिबार, पुस ५, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल
काठमाडौं- लोक गायक प्रकाश कटवाल हेर्दा हट्टाकट्टा छन् । तर, पनि उनलाई त्यति ज्यानले पुगेको छैन । उनलाई अझै मोटाउन मन छन् । उनलाई सँधै पिरलो छ ज्यान नलागेकोमा । घ्यू नलगेपछि गाई पाल्न छोडेका लोक गायक प्रकाश अब घ्यू खाएर हैन हाँसेर मोटाउने तिर लम्केका छन् ।
त्यही भएर प्रकाश कटवालले भर्खरै बजारमा ल्याएको “घ्यूयै लागेन” बोलको गीतमा चर्चित टेलीश्रृंखला भद्रगोलका कलाकार बले र रक्षालाई अभियन गर्न लगाएका छन् ।
हालै बजारमा आएको ‘घ्युयै लायन’ बोलको गीतमा गायक प्रकाश कटुवालको संगीत र बिनोद ढकालको शब्द रहेको छ ।
‘घ्युयै लायन’ को छयांकन दुर्गा पौडेलले गरेका हुन् भने नविन घर्ति मगरले सम्पादन गरेका छन् । शंकर बि.सी. द्धारा निर्देशित ‘घ्युयै लाएन’ मा सागर लम्साल (बले) र रक्षा श्रेष्ठले अभिनय गरेका हुन् । गायक प्रकाश कटवालको ‘घ्युयै लायन’ बोलको गीतलाई स्मृति म्यूजिक प्रा.लि.ले बजारमा ल्याएको हो ।

प्रतिकृया

Add