चेल्सी समर्थकलाई मोरिन्होको जवाफ स् म अझै पनि नम्बर १ हुँ

 बुधबार, चैत्र २, २०७३ | onlinenews

 एजेन्सी
लण्डन – म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले चेल्सीका समर्थकहरुलाई आफू क्लबका लागि अझै पनि नम्बर १ रहेको बताएका छन् ।

एफए कपमा स्टामफोर्डव्रिजमा भएको खेलमा चेल्सीका समर्थकहरुले मोरिन्होको विरोध गरेपछि मोरिन्होले सो कुरा बताएका हुन् ।

सोमबार राती १–० को हार बेहोर्ने क्रममा चेल्सीका समर्थकहरुले क्लबका पूर्व प्रशिक्षक रहिसकेका मोरिन्होलाई ‘जुडास’ भन्दै नारा लगाएका थिए ।

जवाफमा मोरिन्होले समर्थकहरुलाई ३ वटा औँला देखाउँदै आफूले क्लबलाई दिलाएको प्रिमियर लिग उपाधिको संख्या सम्झाएका थिए ।

‘चार वटा लिग उपाधि जिताउने प्रशिक्षक नआएसम्म उनीहरुका लागि म नै नम्बर १ हुँ’ उनले भने, ‘त्यसतिबेलासम्म जुडास नै नम्बर १ हो ।’

दुई पटक क्लबको प्रशिक्षक रहेका ५४ वर्षीय मोरिन्हो चेल्सीका सबैभन्दा सफल प्रशिक्षक हुन् ।

प्रतिकृया

Add