१६ दिने अभियानको प्रभावकारीता ?

 आइतवार, पुस ८, २०७५ | onlinenews

अहिले देशैभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ । स्थानीय तह र जिल्ला स्तरमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरि वर्षेनी यस दिवसलाई मनाउने गरिएको छ । तर, समाजमा अहिले पनि लैङ्गिक हिंसाका घटनाहरु यथावत नै छन् । त्यसको ज्वलन्त उदाहरण निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनालाई लिन सकिन्छ । यो घटना नेपाली समाजको प्रतिनिधि घटना मात्र हो । निर्मला पन्तजस्ता छोरी चेलीहरु दैनिकजसो बलात्कार, हत्या र हिंसाको सिकार बन्नु परिरहेको छ । पछिल्लो समय केही घटनाहरुमा लैङ्गिक हिंसाबाट पुरुषहरु समेत प्रताडित हुँदै आएका छन् । लिङ्गको आधारमा परिने विभेदलाई लैङ्गिक हिंसा भनिन्छ । पछिल्लो समय पुरुषहरु पनि लैङ्गिक हिंसामा परेको घटनाहरु सार्वजनिक हुन थालेपछि १६ दिने अभियानलाई लैङ्गिक हिंसा विरुद्धको अभियानको रुपमा मनाउन थालिएको हो । नेपाली समाजमा १६ दिने अभियानलाई महिला हिंसा विरुद्धको अभियानको रुपमा समेत चित्रण गरिन्थ्यो ।
नेपालको कूल जनसंख्याको आधा भन्दा बढि संख्या रहेको महिलामाथि हुने हिंसाका घटनाहरुको प्रकृति हेर्दा अक्ष्यम्य देखिन्छ । त्यसको तुलनामा पुरुषहरुमाथि हुने लैङ्गिक हिंसाका घटनाहरु नगन्य छन् । आधूनिकतातिर रुपान्तरण हुँदै गरेको नेपाली समाजमा विकृति मौलाउँदै जानुको मुख्य कारणहरु मध्य एक सूचना र प्रविधिको दूरुपयोग हो । जसमा किशोरावस्थाका समूहको प्रभाव र संम्लग्नता बढि देखिन्छ । प्रविधिको गलत प्रयोगकै कारण युवाहरुको एक पंक्ति कूलतमा समेत फस्न पुगेका छन् । जसको कारण समाजमा विकृति झनै मौलाउँदै गइरहेको छ ।
लैङ्गिक हिंसा विरुद्धको अभियान वर्षको १६ दिन प्रभातफेरी र प्लेकार्ड बोकेर सडकमा प्रदर्शन गर्ने गरिएको छ । तर, वर्षको ३ सय ४९ दिन भने लैङ्गिक हिंसाको विरुद्धमा बेखबर जस्तै हुने गरेको छ । मूलुक संघीयतामा गइसकेपछि तीन तहको सरकारको संरचना छ । तर, लैङ्गिक हिंसाको विरुद्धमा केन्द्र सरकार, प्रदेश सरकार र जिल्ला सदरमुकाम भन्दा बाहिर कुनैपनि गतिविधि भएको पाइँदैन । लैङ्गिक हिंसाका घटना न्यूनिकरण र निराकरणका लागि गाउँ, टोल, बस्ती, परिवार र ब्यक्तिसम्म जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु अत्यावश्यक देखिन्छ । तर, १६ दिने अभियान शहर र सदरमुकाम केन्द्र हुँदै आइरहेको छ । लैङ्गिक हिंसाको धेरैजसो घटनाहरुमा ग्रामिण भेगका पीछडिएको समुदायको ब्यक्तिहरु पर्ने गरेका छन् । तर, हामी शहरमा नारा धन्काइरहेका छौं । पानी मूलमा धमिलो आएको छ तर हामी धारा सफा गर्ने कुरा गरिरहेका छौं, योजना बनाइरहेका छौं । यसै हप्ता रामेछापको सदरमुका मन्थलीमा नेपालकै चर्चित नायिक रेखा थापा अभिनित चलचित्र मालिका उनकै उपस्थितमा प्रदर्शन भयो । त्यस कार्यक्रममा पनि सदरमुकाममै बस्नेहरुको सहभागिता थियो । तुलनात्मक रुपमा ग्रामिण भेगमा बसोबास गर्ने भन्दा शहर बजारका बासिन्दाहरु सूचनाको पहुँचमा हुन्छन् । त्यसैले जनचेतनामूलक कार्यक्रमका लागि उचित स्थानको छनौट हुन जरुरी हुन्छ । हामी अहिले पनि आपूm अनुकूलको स्थान र परिवेशमा कार्यक्रम सञ्चालन गरिरहेका छौं । जो लैङ्गिक हिंसाको सिकार बनिरहेका छन्, उनीहरु भने सूचनाको पहुँबाट अलग छन् । लैङ्गिक हिंसाको अन्त्य गर्ने हो भने स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम बनाएर बडा, गाउँ, बास्ती, टोल, परिवार र ब्यक्तिसम्म पु¥याउन जरुरी छ । नकि ग्रामिणबासी जनताले सहजै सूचनामा पहुँच राख्न सकून् । र, आपूmले भोगिरहेको समस्या सम्बन्धित सरोकारवाला निकायसम्म निशंकोच पु¥याउन सकुन् । परिवार र ब्यक्तिसँगै विशेषगरी विद्यालय उमेरका बालबालिकामा सचेतना अभिबृद्धि गर्न जबसम्म सकिन्न तबसम्म लैङ्गिक हिंसा विरुद्धको अभियानले किमार्थ सार्थकता पाउने छैन ।

प्रतिकृया

Add