सुनामीमा परि इन्डोनेसियामा ४३ को मृत्यु

 आइतवार, पुस ८, २०७५ | onlinenews

इन्डोनेसियाको सुन्डा स्ट्रेट (खाडी) नजिकैको तटीय इलाकामा सुनामीका कारण कम्तीको ४३ को मृत्यु भएको छ ।
देशको प्रकोप व्यवस्थापन एजेन्सीका अनुुसार दुई व्यक्ति हराइरहेका छन्, दर्जनौं भवन क्षति भएका छन् भने पाँच सय ८५ घाइते भएका छन् ।
क्रिकाटोआ ज्वालामुखी बिस्फोट भएपछि समुन्द्र भित्र भएको भुस्खलनका कारण सुनामी आएको हुनसक्ने अनुमान गरिएको छ ।
सुन्डा स्ट्रेट, जावा र सुमात्रा द्वीपबीच अवस्थित छ जसले जावा सागरलाई हिन्द महासागरसँग जोड्छ ।
पान्डेगलांग, दक्षिण लामपुङ र सेराङ क्षेत्रमा अत्यधिक क्षती भएको बुभिएको छ । अधिकारीका अनुसार मृतकको संख्यामा वृद्धि हुनसक्छ । प्रकोप व्यवस्थापन एजेन्सीका अनुसार शनिबार पुर्णिमा भएकाले पनि समुन्द्रको छाल निकै माथिसम्म उठेको हुन सक्छ ।

प्रतिकृया

Add