स्थानीय तहमा विपद्ध जोखिम न्यूनिकरणको लागि काम गर्न सांसद पौडेलको आग्रह

 मङ्लबार, पुस १०, २०७५ | onlinenews
Share this

रामेछाप- जिल्लाको प्रदेशसभा ‘क’ का सांसद शान्तिप्रसाद पौडेलले रामेछाप विपद्को जोखिमपूर्ण जिल्ला भएकोले स्थानीय तहमा काम गर्ने संघसंस्थालाई विपद् जोखिम न्यूनिकरणको लागि काम गर्न आग्रह गरेका छन् ।
आफूले प्रदेश सरकारबाट पनि विपद् जोखिम न्यूनिकरण गर्ने कार्यक्रम ल्याउन पहल गर्ने पनि संसाद पौडेलले बताए ।
गोकुलगंगा गाउँपालिका–६ फर्पुको श्री माध्यमिक विद्यालयमा सामुदायिक विकास समाजद्धारा सञ्चालीत परियोजना अन्तर्गतको कार्यक्रम अनुगमनको क्रममा सांसद पौडेलले यस्तो बताएका हुन् ।
सामुदायिक विकास समाजलाई अन्य गाउँपालिका र नगरपालिकामा पनि विपद् जोखिम न्यूनिकरण सम्बन्धी कार्यक्रम गर्न पौडेलले आग्रह गरे ।
सोही कार्यक्रमा जिल्ला सम्मन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले रामेछाप विपद्को दृष्टिकोणले अति जोखिमपूर्ण जिल्ला भएको बताए ।
रामेछाप उच्च जोखिमयुक्त जिल्ला भएकाले विपद् न्यूनिकरणका कार्यक्रम सञ्चालन गर्नु अति आवश्यक रहेको खड्काको भनाई छ ।
सबै स्थानीय तहमा विपद् जोखिम न्यूनिकरण कार्यक्रम सञ्चालन गर्न पनि खड्काले आग्रह गरेका छन् । त्यसैगरी गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्गबहादु सुनुवारले आफ्नो गाउँपालिकाका केही वडाहरु जोखिमयुक्त भएकोले त्यसको न्यूनिकरणको लागि पालिकाबाट विशेष कार्यक्रम सञ्चालन गर्ने बताए ।
गोकुलगंगा गाउँपालिकामा एक वर्षदेखि सामुदायिक विकास समाज मन्थलीले स्मालिक रिलिफ जर्मनीको आर्थिक सहयोग र स्मालिक रिलिफ नेपालको प्राविधिक सहयोगमा विद्यालय तथा समुदायमा आधरित विपद्ध उत्थानशीलता परियोजना सञ्चालन गरिरहेको छ ।
परियोजना बहिरगमन हुँन लागेसँगै परियोजना सञ्चालन गरिएकोे फर्पु, नामाडी र बेतालीमा भएका कामको अनुगमन गरिएको हो ।
अनुगमन टोलीमा संसाद शान्तिप्रसाद पौडलेसहित जिसस प्रमुख प्रेमबहादुर खड्का, राजनीतिक दलका प्रतिनिधि, शिक्षा विकास तथा समन्वय ईकाई, गैससमहासंघ र पत्रकार महासंघको सहभागिता रहेको छ ।

Share this

प्रतिकृया

Add