नयाँ भाडादर कार्यान्वयनमा यातायात व्यवसायीको आनकानी

बढि भाडा लिने सवारी कार्वाहीमा

 मङ्लबार, पुस १०, २०७५ | onlinenews
Share this

राजिव कार्की
रामेछाप- यातायात व्यवस्थापन समिति रामेछापले जिल्लाका विभिन्न रुटका लागि निर्धारण गरेको भाडादर कार्यान्वयनमा यातायात व्यवसायीले आनाकानी गरेको पाइएको छ । पुष १ गतेदेखि लागू हुनेगरी यातायात व्यवस्थापन समितिको वैठकले सदरमुकाम मन्थलीबाट जिल्लाभित्रका रुटहरुको छुट्टाछुट्टै भाडादर निर्धारण गरेको थियो ।
तर, यातायात व्यवसायीहरुले निर्धारण गरिएको नयाँ भाडादरको वेवास्ता गर्दै यात्रुहरुबाट बढि भाडा असुल गरिरहेको पाइएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
सोमबार मात्रै यात्रुबाट तोकिए भन्दाबढी भाडा असुल्ने बा १ ज ९९०१ नम्बरको सवारीलाई कारबाही जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । यातायात व्यवस्थापन समतिको निर्णयको बेवास्ता गरि यत्रुसँग बढि भाडा लिने सो सवारीलाई १ हजार ५ सय रुपैयाँ जरिवाना गर्नुका साथै यात्रुबाट लिएको बढि भाडा समेत फिर्ता गराइएको यातायात व्यवस्थापन समिति रामेछापका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी जानकारी दिए ।
सदरमुकाम मन्थलीबाट जिल्लाका ८ ओटै स्थानय तहका लागि छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनले मनलाग्दी भाडा असुल्ने गरेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले यातायात व्यवसायीको सहमतिमै छुट्टाछुट्टै भाडादर निर्धारण गरेको थियो ।
नयाँ तोकिएको भाडादर पुष १ गतेदेखि कार्यान्वयनमा ल्याउनुपर्ने भए पनि कतिपय व्यवसायीले अटेर गरिरहेको पाइएकोले त्यसो नगर्न पनि जिल्ला प्रशासन कार्यालयले सचेत गराएको छ । कुनै पनि सवारीले तोकिए भन्दा बढि भाडा मागे जानकारी गराउन आग्रह गर्दै रामेछाप प्रशासनले नयाँ भाडादर कार्यान्वयन भए÷नभएको यकिन गर्न यातायात अनुगमनलाई कडाई गरिने जनाएको छ ।

Share this

प्रतिकृया

Add