नेपाली प्रगतिशील मंच बेलायतको एकता अधिवेशन

 बुधबार, चैत्र २, २०७३ | onlinenews

बेलायत– नेपाली प्रगतिशील मंच बेलायतको एकता अधिवेशन सम्पन्न भएको छ ।
बेलायतको अल्ड्रसटमा सम्पन्न भएको अधिबेसनले नेपाली जनप्रगतिशील मंच बेलायतको आगामी कार्यकालका लागी सुरेश गौतमको अध्यक्षतामा १ सदस्य पछि थप्ने गरि २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
कार्यसमितिमा उपाध्यक्षहरु गणेश राना, श्याम सेरचन, मनोज अञ्जान, फुल प्रसाद कँणेल, बिनोद ज्ञावाली चयन भएका छन् ।
त्यस्तै महासचिवमा ठाकुर प्रसाद शर्मा र सचिवमा अरुण थापा चयन भए भने कोषाध्यक्ष राजेन्द्र गुरुङ चयन भएका छन् ।

प्रतिकृया

Add