इन्डोनेसियामा सुुनामीबाट मुत्यु हुनेको संख्या ४२८ पुग्यो

 मङ्लबार, पुस १०, २०७५ | onlinenews

इन्डोनेसियामा गएको शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट मृत्यु हुनेको संख्या ४ सय २८ पुगेको छ । यस प्रकोपमा एक हजार २१ जना घाइते हुनुका साथै ७७ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जनाएको हो ।
प्रकोपका कारण हजारौं स्थानीयबासी विस्थापित भएका छन् । ज्वालामुखी विस्फोटपछि आएको सामुद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ । इन्डोनेसियाका सुन्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषणरुपमा आएको सुनामीका कारण आज बिहानसम्म ३ सय ९७ जनाको मृत्यु भएको पाइएको थियो । यस प्रकोपका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौं भवन ध्वस्त भएका छन् । खोज तथा उद्धारको कार्य अझै जारी रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने विभागले जनाएको छ । इन्डोनेसियामा ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहने गरेको छ ।

प्रतिकृया

Add