जलवायु सम्मेलनको उद्घाटन राष्ट्रपतिबाट हुने

 मङ्लबार, पुस १०, २०७५ | onlinenews
Share this

सिन्धुपोल्चोक- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरेस्थित गुफाडांडामा पुष १६ र १७ गते हुने राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन रास्ट्रपति बिद्यादेबी भण्डारीद्धारा उद्घाटन हुने भएको छ ।
जिल्ला समन्वय समिति महासंघको आयोजनामा हुन लागेको सम्मेलन यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिए पनि ओलीको स्वास्थ्य अवस्थाको कारण राष्ट्रपतिबाट उद्घाटन गर्ने कार्यक्रम तय भएकोे हो ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोककोे व्यवस्थापनमा सम्मेलन हुने स्थान गुफाडाँडामा जाने मोटरबाटोे, धारा पानीको व्यवस्थापनका साथै चउर सम्याउने काम सकिएको छ । दुई हजार पाँच सय मिटरको उचाइमा रहेको गुफाडाँडामा जलवायु सम्मेलन हुने भएपछि आन्तरिक पर्यटकको आगमन समेत बढ्न थालेको छ । सतहत्तर वटै जिल्लाका प्रतिनिधि सहभागी हुने सम्मेलनमा जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख सहित प्रत्येक जिल्लाबाट तीनजनाको सहभागिता रहने बताइएको छ ।
सम्मेलनमा जलवायु परिवर्तन न्यूनिकरण र अनुकूलनका योजना निर्माणका साथै, स्थानीय तहको योजनामा मूल प्रवाहीकरण गर्न सहयोग गर्ने, जलवायु परिवर्तनका कारणले कृषि, जलस्रोत, वन तथा जैविक विविधतामा पारेको असरका बारेमा छलफल हुनेछ ।
देशलाई जलवायुमैत्री, जलवायु परिवर्तनसँगै अनुकूलित योजना निर्माण र परिवर्तन न्यूिनकरणका गतिविधि सञ्चालन गर्नका लागि नीति निर्माण एवं परिमार्जन र कार्यान्वयनमा सरोकारवालालाई निर्देशित गर्ने जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

Share this

प्रतिकृया

Add