भारतीय अधिकारीको बोली फेरियो, ३३ किलो सुन फिर्ता नहुने

 बुधबार, पुस ११, २०७५ | onlinenews

काठमाडौँ –  मंसिर २१ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिए थिए । त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै ग्याङका सदस्य भएको निष्कर्ष छानबिन समितिले निकालेको छ । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
भारतीय अधिकारीका अनुसार तस्करी अनुसन्धान गर्न पनि नेपालले दिल्लीमार्फत कूटनीतिक पहल गर्नुपर्ने भएको छ ।
सुन र दुई व्यक्ति पक्राउ पर्नेबित्तिकै त्यसबारे भारतीय अधिकारीहरुले कोलकाताको नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराएको थियो ।
सुरुमा भारतीय अधिकारीहरुले अनुसन्धानमा सघाउने जानकारी नेपाललाई दिएका थिए । तर पछिल्लो समय भारतीय अधिकारीहरुले बोली फेरेका छन् । अहिले भारतले आफ्नो भूमिमा बरामद सुन फिर्ता नगर्ने बताएको छ ।

प्रतिकृया

Add