रामेछापमा आगलागि लाखैंको क्षति

 बुधबार, पुस ११, २०७५ | onlinenews
Share this

रामचन्द्र वि.क
रामेछाप जिल्लाको रामेछाप बजारमा आगलागी भएको छ । बुधबार बिहान करिब २ बजेको समयमा आगलागी भएको हो । आगलागीबाट रामेछापको माथिल्लो बजारमा राखिएको पाइप जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
आगलागीबाट मानवीय क्षति नभए पनि लाखौंको धनमालमा क्षति पुगेको स्थानीयले बताएका छन् । नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्राणमा लिइएकोे प्रहरी पवक्ता शेख अदालतले जानकारी दिए । आगो लाग्नुको कारण बारे अनुसन्धन भइरहेको प्रवक्ता अदालतले जानकारी दिए ।

Share this

प्रतिकृया

Add