नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप- जिल्लाको उमाकुण्ड गाउँपालिकामा कृषि महोत्सव आयोजना गरिएको छ । उमाकुण्ड गाउँपालिका–७ भुजीमा एक हप्ते कृषि महोत्सव आयोजना गरिएको हो ।
राजेश पशुपालन विकास फार्म र अन्जना कृषि तथा पशुपालन फार्मद्धारा आयोजीत कृषि महोत्सवको उद्घाटन उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गोरु जोतेर गरेका थिए ।
गाउँपालिकाका कृषकमा कृषि चेतनाको विकास गराउनु साथै प्रोत्साहित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक संस्था आरभिडी फार्मले जनाएको छ । महोत्सव उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै गाउँपालिका अध्यक्ष सुनुवारले किसानले उत्पादन गरेका कृषिजन्य बस्तुको लागि बजार ब्यवस्थापन गाउँपालिकाले गर्ने बताए ।
गाउँपालिका अध्यक्ष सुनुवारले निर्वाहमुखी खेतीलाई परिवर्तन गरेर ब्यवसायिक खेती गर्न पनि किसानलाई आग्रह गरे । महोत्सवमा स्थानीय स्तरमा उत्पादन हुने, आलू, कोदो, गहुँ, साथै स्थानीय स्तरमा उत्पादन हुने तरकारी तथा फलपूmलका स्टल राखिएको छ । त्यसैगरी स्थानीय जडिबुट्टि तथा स्थानीय स्तरमा उत्पादीत ढाकाको कपडा लगायतका सामाग्री पनि प्रदर्शनीमा राखिएको छ ।
स्टलमा राखिएका बस्तुहरु सुलभ मूल्यमा किन्न सकिने महोत्सव आयोजक समितिका संयोजक राजेश बराइलीले जानकारी दिए ।