पूर्व प्रधानमन्त्री भट्टराई भारत भ्रमणमा

 बुधबार, चैत्र २, २०७३ | onlinenews

चैत्र २, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन भारत गएका छन् । उनी आज दिउँसो ३ः३० बजे दिल्ली प्रस्थान गरेका हुन् । भट्टराईले इण्डिया फाउन्डेसनको आयोजनामा दिल्लीमा हुने ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा १५ मार्चमा सम्बोधन गर्नेछन् । उनले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै १९ मार्चमा नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गरेको नेपालीहरुसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । दिल्ली बसाईका क्रममा भट्टराईले भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजिवी, नागरिक समाजका अगुवाहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

प्रतिकृया

Add