नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप- तत्कालीन नेकपा माओवादीले हाल सुनापाति गाउँपालिकामा पर्ने बेथानको पानीघाट प्रहरी चौकी कब्जा गरेको २२ वर्ष पूरा भएको छ ।
बेथानको पानीघाट प्रहरी चौकी कब्जा गर्नु माओवादी नेतृत्वमा सञ्चालीत जनयुद्धको पूर्वि नेपालकै पहिलो सफल फौजी आक्रमण थियो ।
२०५३ साल पौष १९ गते माओवादी छापामारले बेथानको पानीघाटमा रहेको प्रहरी चौकी कब्जा गरेका थिए । चौकी आक्रमणको क्रममा माओवादीका तीन जना लडाकु समेत शहीद भएका थिए ।
प्रहरी चौकी आक्रमणको क्रममा तिर्थ गौतम, फत्तबहादुर स्माली मगर र दीलमाया योञ्जन, शहीद भएका थिए ।
पानीघाट प्रहरी चौकी कब्जा गरेको दिनलाई नेकपा माओवादीले बेथान वीरता दिवसको रुपमा मनाउँदै आएको छ । माओवादी र एमालेबीच पार्टी एकता भई एउटै पार्टी बनेपछि यस वर्ष नेकपाले औपचारिक कार्यक्रमको आयोजना गरि बेथान वीरता दिवस मनाएको छ ।
यस वर्ष नेकपाले सुनापति गाउँपालिकाको साँदीडाँडामा एक कार्यक्रमको आयोजना गरि बेथान वीरता दिवस मनाएको छ । बेथान वीरता दिवस कार्यक्रमको प्रमुख अतिथिमा नेकपाको प्रदेश नम्बर ३ का अध्यक्ष नारायण दाहाल र विषेश अतिथिमा नेकपा ३ नम्बर प्रदेशका सचिव आनन्द पोखरेल रहेका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय नेताहरु गंगा कार्की, श्यामकुमार श्रेष्ठ, युवराज चौलागाई लगायत थिए ।
त्यसैगरी प्रदेश समितिका नेताहरु सुनापति गाउँपालिका अध्यक्ष समेत रहेका धावा लामा, खाँडादेवि गाउँपालिका अध्यक्ष प्रेम तामाङ, मैनकुमार मोक्तान, सुनिता गौतम लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
बेथानको पानीघाटमा निर्माण गरिएको शहीद स्मारक वीरता दिवसको अवसर पारेर उद्घाटन गर्ने भनिए पनि स्मारकको औचारिक उद्घाटन हुन सकेको छैन । शहीदहरुको शालिक सहित निर्माण गरिएको स्मारक पार्टी अध्यक्षलाई ल्याएर उद्घाटन गराउँने तयारी भइरहेको दोरम्बा गाउँपालिकाका प्रवक्ता अम्बिकाप्रसाद गजुरेलले जानकारी दिए ।