“मिस इकलेज २०१९” को लागि आवेदन खुल्यो

 शुक्रबार, पुस २०, २०७५ | onlinenews

काठमाडौं– विगत १० वर्षदेखि निरन्तर रुपमा विभिन्न सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको सिजन मिडियाले “मिस ईकलेज २०१९” को नबौैैं संस्करणको लागि आवेदन खुल्ला गरेको छ ।
उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्षदेखि २४ वर्षसम्मका छात्रालाई मध्यनजर राखि “मिस ईकलेज २०१९” को आयोजना गर्न लागिएको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तले बताए ।
कलेज स्तरका युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरिक क्षमता उजागर, नेतृत्वदायि क्षमताको विकास गराई जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग पु¥याउने उद्देश्यले “मिस ईकलेज २०१९” आयोजना गर्न लागिएको सिजन मिडियाले जनाएको छ ।


विगत १० वर्षदेखि सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको मिडियाले नवौं चरणको लागि आवेदन फारम खुल्ला गरेको हो । कार्यक्रममा १६ देखि २४ वर्ष उमेर समूहका ३० जना प्रतियोगीहरुलाई सहभागी गराइने छ । ‘क्तगमभलतुक उभचकयलबष्तिथ भमगअबतष्यल बलम दभबगतथ’ भन्ने नाराका साथ नेपाल आयोजना आयोजना गर्न लागिएको यस कार्यक्रममा देशभरका कलेजहरुमा अध्ययनरत छात्राहरुले छौनौटको लागि आवेदन दिन सक्ने छ ।


सहभागीताको लागि माघ तेस्रो सातासम्म आवेदन फारम सिजन मिडियाको कार्यलय पुतलीसडकमा भर्न सकिने छ । प्रतियोगीताको अन्तिम प्रतिस्प्रर्धा फाल्गुनको अन्तिम साता राजधानीमा हुनेछ । प्रतियोगिताका विजेताले “मिस ईकलेज २०१९” कोे ताज उपाधि सहित सुजुकी लेट्स स्कूटर र उच्च शिक्षाको लागि अष्टेलियाको लागि छात्रावृत्ति पाउने छन् ।
त्यसैगरी वाली भ्रमण गर्नको लागि हवाइ टिकट पाउने छिन । साथै अन्य गिफ्टहयाम्पर पनि पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने मोवाइलफोन तथा अष्टेलियाको लागि छात्रावृत्ति साथै वाली भ्रमण गर्नको लागि हवाई टिकट सहित गिफ्टहयाम्परहरु प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया

Add