नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप– रामेछाप नगरपालिकामा २० दिने थाङ्का लेखन तालिम सञ्चालन गरिएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय अन्तर्गत बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति ललितपुरको आयोजना गरेको कर्यक्रममा निमा धावा बौद्ध गुम्बा रामेछाप नगरपालिका ८ ले सहयोग गरेको छ ।
थाङ्कालाई बौद्ध धर्मसंग सम्बन्धित पवित्र धार्मिक कला लिइन्छ । तालिममा रामेछाप नगरपालिका अन्तर्गका गुम्बाहरुबाट २० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।
रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापा मगरले दीप प्रज्वलन गरी तालिमको उद्घाटन गरेका थिए । बौद्ध धर्मसँग सम्बन्धित कलाहरु लोप हुँदै गइरहेको अवस्थामा नेपाल सरकारको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत थाङ्का लेखन तालिम आयोजना गरिएको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका उपसचिव मणिराज गुरुङले बताए ।
तालिम उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले थाङ्का लेखनजस्तो महत्वपूर्ण तालिम रामेछाप नगरपालिकामा सञ्चालन गरिएकोमा आयोजकलाई धन्नयवादी दिए ।
नगर प्रमुख थापामगरले तालिममा सहभागि प्रशिक्षार्थीलाई तालिममा ध्यान दिएर सिक्न पनि आग्रह गरे । तालिमबाट सिकेको सीपले आयआर्जनका साथै धर्म, कला, पेशा र व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने बताए ।
तालिमका सहभागि रामेछाप नगरपालिका ८ पेमा तामाङले आपूm तालिममा सहभागि हुन पाएको खुसी ब्यक्त गर्दै तालिमपछि थाङ्का लेखन ब्यवासयमै लाग्ने बताए । तालिमको प्रशिक्षको रुपमा दोर्जे गुरुङ लामा रहेका छन् ।