स्थानीय सरकारले आम्दानी बढाउने नाउँमा जनताको ढाड सेक्नु हुँदैनः मोक्तान

 मङ्लबार, माघ १, २०७५ | onlinenews
Share this

रामेछाप– जिल्लाको दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिं मोक्तानले स्थानीय सरकारको आम्दानी बढाउने नाउँमा जनताको ढाड सेक्ने गरि कर लगाउन नहुने बताएका छन् ।
मोक्तानले कर निर्धारण गर्ने विषयमा आपूmहरु अत्यन्तै सजग रहेको बताए । यसमा दोरम्बा गाउँपालिका पहिलादेखि नै सजग छ, उनले भने ।
कर हिजो पनि घोषित, अघोषीत रुपमा लगाइएको थियो तर सही ब्यवस्थापन हुन सकेको थिएन, अहिले हामीले कर ब्यवस्थापनलाई जोड दिएका छौं अध्यक्ष मोक्तानले भने ।
संघीय र प्रदेश सरकारले बनाएको कानूनको आधारमा स्थानीय तहले पनि कर सम्बन्धि कानून बनाएको उनको भनाई छ ।
मोक्तानले भने–जन्म दर्तामा पनि शूल्क लियो भनेर हल्ला चलाएको पनि हामीले सुनेका छौं । बच्चा जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरेमा शूल्क लाग्दैन तामाङले भने ।
दोरम्बा गाउँपालिकाले एकीकृत सम्पत्ती र निकासी कर अहिलेसम्म नलिएको अध्यक्ष तामाङको भनाई छ ।
करनै नलगाउँदा जनताले अपनत्व नलिने भएकाले सीमितमात्र कर लगाएको मोक्तानको भनाई छ । करको विषयमा अहिले जुन हुइँम फिजाइरहेका छन्, दोरम्बा गाउँपालिकामा करको अवस्था त्यस्तो छैन उनले भने ।

Share this

प्रतिकृया

Add