दोरम्बा गाउँपालिका–६ मा बालमैत्री कार्यक्रम सञ्चालन

 मङ्लबार, माघ १, २०७५ | onlinenews
Share this

रामेछाप– जिल्लाको दोरम्बा गाउँपालिका–६ बालमैत्री कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालको संविधान २०७४ ले ब्यवस्था गरेको मौलिक हक अन्तर्गत वडा कार्यालयले बालमैत्री कार्यक्रम सञ्चालन गरेको हो ।
बालमैत्री बडा बन्नको लागि संविधानले ब्यवस्था गरेको ३९ वटा सूचांक पूरा गर्नुपर्दछ । बालमैत्री बडा बन्नको लागि हरेक गतिविधिहरुमा बालबालिकाको सहभागिता अनिवार्य हुनुपर्दछ ।
बालमैत्री वडा बनाउने उद्देश्यले वडामा बालमैत्री कार्यक्रम सञ्चालन गरिएको दोरम्बा गाउँपालिका–६ का अध्यक्ष अम्विकाप्रसाद गजुरेलले जानकारी दिए । सोमबारबाट सुरु भएको वडा स्तरीय बालमैत्री कार्यक्रम मंगलबारसम्म सञ्चालन हुनेछ ।
बालमैत्री कार्यक्रममा, वडा कार्यालय, विद्यालय ब्यवस्थापन समिति, सहकारी संस्थाको प्रतिनिधि, बाल क्लव, बाल सञ्जाल, महिला समूहलगायतका सरोकारवाला र १८ वर्षमुनीका बालबालिकाहरुको सहभागिता रहेको वडा अध्यक्ष गजुरेलले बताए ।
बालमैत्री कार्यक्रम अन्तर्गत संविधानले तोेकेको सूचांकलाई पूरा गर्नको लागि बाल बचाउ समूह, बाल संरक्षण समूह, बाल सहभागिता समूह, बाल विकास समूह, बाल उद्यम समूह बनाइने अध्यक्ष गजुरेलले बताए ।
बाल बचाउ समूहको अगुवाई स्वास्थ्यले र बाल संरक्षण समूहको अगुवाई महिला समूहले गर्नेछन् । त्यसैगरी बाल विकास समूह अन्तर्गत विद्यालय पर्दछ । विद्यालयलाई बालमैत्री बनाउनको लागि बालमैत्री धारा, बालमैत्री शौचालय, छात्र/छात्रा शौचालय लगायत ८ वटा सूचांकहरु पूरा गर्नुपर्ने वडा अध्यक्ष गजुरेलले जानकारी दिए ।
बालमैत्री वडा बन्नको लागि पूरा गर्नुपर्ने ३९ वटा सूचांकहरु मध्य दोरम्बा गाउँपालिका–६ मा २२ वटा सूचांकहरु पूरा भइसकेको र छिट्टै बालमैत्री वडा घोषणा गर्नेगरी कामलाई अगाडि बढाइने पनि अध्यक्ष गजुरेलले बताए ।

Share this

प्रतिकृया

Add