भाइबहिनीलाई भूडीपुराण प्रकाशनको दुई उपहार

 शनिबार, माघ ५, २०७५ | onlinenews

रामेछाप– भूँडीपुराण प्रकाशनले बालबालिकालाई लक्षित गरि ‘कथैकथा’ र ‘चराको साथी’ नामक दुईवटा कथासंग्रह बजारमा ल्याएको छ । केही हप्ता अघिमात्र बजारमा आएका ति पुस्तक बालबालिकाले रुचिका साथ पढेका छन् ।
‘चराको साथी’ बालकथा कथाकार हरि खनालले लेखेका हुन् । यो कथा संग्रहभित्र अक्कलबहादुर, बाँदरको घाऊ, कर्तव्य, कागको हाँसो, एउटा सानो अक्किलदार काग, चराको साथी, अक्कलबहादुर–२, काफल चरो, सुवास, नृत्य भोज, मुसीको बिहे, को ठूलो ?, मित्रता र आमाको कथा गरि जम्मा १४ वटा रमाइला कथाहरु समावेश गरिएका छन् ।


यि सबै कथाहरु आकर्षण चित्रसहित नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएकाले पढ्न झनै रमाइलो लाग्छ । त्यस्तै, ‘कथैकथा’ बालकथा संग्रहलाई श्रीहरि शर्माले लेखेका हुन् । यस कथा संग्रहभित्र सन्तु र जुकाको कथा, प्लास्टिकको झोला, दिसामुक्त गाउँ, फोहोरी टोल, लोभी बिरालु, हराएको दाँत, लामो नङ, पिँजडाबाट निस्केको सुगा, ठूलो भएपछि काम लाग्छ, मैले के गरेँ ?, प्लास्टिकमाथि बसेको शहर, पुन्टेको घाँटीमा घण्टी, नौ बजे, लुरी र फुर्तिली, सन्तेको नयाँ खेल, चराको शहर हेर्ने रहर, मैले देखेको शहर, चटपटेको पानी पुडी, जमिनमा झरेको आँप, हाच्छ्युँ र सन्तेले चोर औंला उठायो गरी जम्मा २१ वटा रमाइला कथाहरु समेटिएका छन् । कथा छोटा, कथा र आकर्षक चित्रहरु पनि भएकाले सबै कथाहरु पढ्न उत्तिकै रमाइलो लाग्छ ।

प्रतिकृया

Add