भूकम्पबाट बचौं र बचाऔं

 शनिबार, माघ ५, २०७५ | onlinenews

न भविष्यवाणी गर्न सकिने
न विज्ञान न आध्यात्मले पत्तो पाउने
सात प्लेट ठोकिँदा
मानवीय, भौतिक र वातावरणीय क्षति गर्ने
विनासकारी प्रकोप भूकम्प ।

संरचना ध्वस्त
पुरात्वतिकको निसाना मेट्ने
पशुपन्छि र भूतलको क्षत विक्षत पार्ने
मानव निर्मित संरचनाले
आफ्नै देश, गाउँ र घरमा शरणार्थी बनाइ दिने
आफ्नै धर आँगनमा नजरवन्द गराउने
फूटपाथ र खुल्ला चौरमा बास राख्ने
प्रकोप हो, भूकम्प ।

राजादेखि रैतीसम्म मार्ने
हजारौं घाइते पार्ने
घर, मन्दिर, विद्यालय ध्वस्त पार्ने
विचल्ली, त्रास, भयमा राख्ने
आर्तनाद, विजोगमा जिउन वाध्य पार्ने
प्रकोप हो, भूकम्प ।

बालबालिका अनाथ, अपाङ्ग पारिदिने
अभिभावक विहिन र मृत्यु वरण गराउने
आपराधिक काममा लगाउन बाध्य पार्ने
बेचविखनमा पार्ने
महा विपद् नै हो भूकम्प ।

दुःख कष्ट, रोग, भोग शोकमा डुवाउने
विकृति विसंगति अपराध बढाउने
अशान्ति, चित्कार बलात्कार लुट गराउने
शोषण, हत्या हिंसा निम्त्याउने
न चाहिन्छ, न भनेको बेला पाइन्छ
भूकम्प ।

भूकम्पले विपद् निम्त्यायो
लास बेवारिसे भए
उत्खनन् गर्न पाइएन
मान्छे चौपयाँ भित्रै कुहिए
हाहाकार चित्कार भयो
ज्यान धन र वातावरणको स्वाँहा भयो
त्यसैले
जीवन रक्षा, वातावरण संरक्षण र सम्पती रक्षाका लागि
जनचेतना तथा क्षमता वृद्धि गरौं
आपत्कालिन पूर्व तयारी गरौं
विपद्को समयमा प्रतिकार्यमा जुटौं
पुर्नस्थापना र पुर्ननिर्माणमा लागौं ।

मानवीय ममता र मानवताले भरिएका नेपाली हामी
प्रकृतिप्रेमी, मानवताका पुजारी हामी
जागौं, बुझौं र लागौं
भूकम्पबाट बचौँ र बचाऔँ ।।

(उमेश कार्की मन्थली माविका विद्यार्थी हुन्,  कविता २१ औं भूकम्प सुरक्षा दिवशको अवसरमा वाचन गरि पुरस्कृत भएको हो ।)

प्रतिकृया

Add