रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो

 आइतवार, माघ ६, २०७५ | onlinenews
Share this

रामेछाप– जिल्लाको मन्थली नगरपालिका–१ मच्छोडाँडीमा यात्रुबाहक बस दुर्घटना हुँदा २ को मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा ओखलढुङ्गा जिल्लाको फुलबारी घर भएका वर्ष ३६ का ओम कार्की र रामेछाप जिल्लाको मन्थली नगरपालिका–५ सुनारपानीका निरोज भुजेलको रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । कार्कीको घटना स्थलमै र भुजेलको उपचारको लागि काठमाडौं लैजादैं गर्दा बाटोमै मृत्यु भएको हो ।
घाइते हुनेहरुमा रामेछाप जिल्लाका गौतम भुजेल, नारायण कार्की, सरोज कार्की, भक्तबहादुर भुजेल, इश्वरी महत, युनिषा भुजेल, अजय भुजेल रहेका छन् । त्यसैगरी ओखलढुङ्गाका नवराज पाण्डे, खड्ग भुजेल, मिलन गुभाजु, चिना माया माझी, अर्जुन तामाङ बर्दिया जिल्ला घर भएका भोलाराम थारु, बलदेव थारु लगायत १७ जना रहेका छन् ।
घाइतेहरुको मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
ओखलढुङ्गाको घोराखोरीबाट काठमाडौं जान लागेको बा४ख४२१० नम्बर अरनिको यातायातको सुपर बस ब्रेक फेलभई दुर्घटना जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
ओरालो कालोपत्रे सडकमा गुडिरहेको बसको एक्कासी ब्रेक फेलभएपछि चालकले दुर्घटना हुनबाट जोगाउँन सडकको भित्तातिरको गल्छीमा बस उकालेका थिए ।
बस दुर्घटना हुनबाट जोगाउँन गल्छीमा उकाल्दा बस पल्टिएको थियो । बस पल्टिने क्रममा कार्कीलाई बसले किचेपछि घटना स्थलमै मृत्यु भएको थियो ।

Share this

प्रतिकृया

Add