पैदल यात्रीलाई ठक्कर दिएर फरार भएको गाढी चार दिनसम्म पनि पत्ता लागेन

 शुक्रबार, माघ ११, २०७५ | onlinenews
Share this

रामेछाप– जिल्लको मन्थलीमा मंगलबार बिहान मर्निङवाकमा हिडिरहेकी एक महिलालाई ठक्कर दिने फरार भएको गाडी ४ दिनसम्म पनि फेला परेको छैन ।
मन्थलीको आकसेस्ति पक्की पुलको नजिकै मर्निङवाकमा हिडिरहेकी मन्थली नगरपालिका–१ बीचबजरकी कुमारीमाया रिजाललाई ठक्कर दिएर घाइते बनाई गाडी फरार भएका थिए ।
मंललबार बिहान करिब साढे पाँच बजेको समयमा मर्निङवाकमा हिड्दै गरेकी रिजाललाई गाडीले ठक्कर दिंदा देब्रे खुट्ट बाँचिएर आपरेशन नै गर्नु परेको थियो ।
गाडीको ठक्करबाट बेहोस भएर ढलेकी रिजाललाई बाटोमा हिड्ने मानिसले देखेर प्रहरीलाई खबर गरेपछि प्रहरीकै भ्यानमा राखेर ल्याई आफन्तलाई बुझाएका थिए ।
घाइते रिजालको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सवारीको खोजी भइरहेको तर अहिलेसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
घटना घटेको समयमा सोही सडक हुँदै चलेका पाँच ओटा सवारीसाधनलाई चेकजाँच गर्दा उनीहरुले ठक्कर नदिएको पाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख अमरेन्द्र बहादुर सिंहले बताए ।
घाइतेले आफूलाई ठक्कर दिने सवारीसाधन प्रष्टसँग नदेख्दा ठक्कर दिने सवारीसाधन खोज्न सम्या भएको सिंहको भनाई छ । ठक्कर दिने सवारीसाधान खोजीको लागि विभिन्न ठाउँका प्रहरी चेकपोष्टहरुमा ट्राफिक प्रहरी खटाइएको प्रहरी प्रमुख सिंहले जनाकारी दिए ।
ठक्कर दिने सवारीसाधन खोजी गरी कारबाहीको माग गर्दै आफन्तले मंगलबार नै प्रहरीमा निवेदन समेत दिएका छन् ।
तर अहिलेसम्म ठक्कर दिने सवारी नभेटिनु दुःखद भएको घाइतेको छोरा आकश रिजालले बताए । उनले ठक्कर दिने गाडीको खोजी गरी कडा कारबाही गर्न पनि सम्बन्धित पक्षसँग गरेका छन् ।

Share this

प्रतिकृया

Add