मन्थली नगरपालिकामा कर्मचारीको मनोमानीः आइतबार दिनभर अधिकृतका कुर्सी खाली

 सोमवार, माघ १४, २०७५ | onlinenews
Share this

रामेछाप- मन्थली नगरपालिकामा आइतबार अधिकृत स्तरका कर्मचारी नहुँदा नगरपालिकामा काम लिएर आएका सेवाग्राहीहरु रित्तोहात घर फर्केका छन् ।
नगरपालिकामा ब्यक्तिगत तथा संस्थात विभिन्न काम लिएर आएका सेवाग्राहीहरु दिनभर कार्यालयमा अधिकृत स्तरका कर्मचारी नआएपछि रित्तोहात घर फर्किएका हुन ।
आइतबार मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, लेखा अधिकृत अनन्त सापकोटा, लेखापाल राजन गुरागाई, सह–लेखापाल नविन काफ्ले इन्जीनियर डिल्ली अधिकारी, सामाजिक विकास शाखा प्रमुख गोविन्द कट्टेल बेलुका ४ बजेसम्म पनि कार्यालयमा आएका थिएनन् ।
बेलुका ४ बजेसम्म पनि अधिकृत स्तरतका कर्मचारीहरु कोही पनि कार्यालयमा नआएपछि सेवाग्राहीहरु दिनभर अधिकृतहरुको पर्खाइमा बसेर बेलुका निराश हँुदै घर फर्र्किएको नगरपालिकाका एक कर्मचारीले नाम नबताउने शर्तमा जानकारी दिए ।
आइतबार कर्मचारीहरु कार्यालय नआइपुग्दा नगरपालिकाले दिने सेवा प्रवाहमा समस्या भएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताए ।
प्रमुख प्रशासकीय अधिकृत खड्काले भने– म फिल्डमा छु, अन्य साथीहरु पनि नआएपछि सेवाग्राहीले गुनासो गर्नु स्वभाविक हो । शनिबार विदामा घर गएका कर्मचारीहरु आइतबार कार्यालय आउन ढिला गरेको खड्काको भनाई छ ।
कर्मचारीहरु कार्यालय समयमा नआइपुग्दा सेवाग्राहीले गुनासो गर्नु स्वभाविक भएको भन्दै सेवाग्राहीको गुनासोलाई आपूmहरुले गम्भीरताका साथ मनन गर्ने पनि प्रमुख प्रशासकीय अधिकृत खड्काले बताएका छन् ।

Share this

प्रतिकृया

Add