मोडेल गणेश सुनार र रेखा श्रेष्ठ चम्के लालुपातेबाट

 मङ्लबार, माघ १५, २०७५ | onlinenews

काँठे लोक दोहरी गीतहरु पछिल्लो समय बजारमा कमै आउने गरेका बेला ‘लालुपाते फुलेर रात्तै भो’ बोलको काँठे लोक दोहरी गीत बजारमा आएको छ ।
नेत्रबहादुर कार्की, रामकुमार पौडेल र मिश्रा काफ्लेले अभियन गरेको ‘लालुपाते फुलेर रात्तै भो’ म्यूजिक भिडियोमा पछिल्लो समय मोडलिङ्मा ब्यवस्त रहेका मोडेल गणेश सुनार र रेखा श्रेष्ठ अभियनको मुख्य पात्रको रुपमा देखिएका छन् ।
मोडलिङ्ग क्षेत्रमा सक्रिया गणेश सुनार पछिल्लो समय चर्चा कमाउँदै गरेका मोडेल हुन् । ‘लालुपाते फुलेर रात्तै भो’ मा देखिएको गणेशको जीवन्त अभियनले पनि उनी अभिनयको क्षेत्रमा उदाउँदै गरेको मोडेलको रुपमा चित्रण गर्न सकिन्छ । ‘लालुपाते फुलेर रात्तै भो’ बोलको लोक दोहरी गीतको म्यूजिक भिडियोमा उनको अभिनयलाई मन पराए थुप्रै सकारात्मक प्रतिक्रियाहरु आएको र त्यसले आफूलाई मोडलिङ्गको क्षेत्रमा अझै हौसला मिलेको मोडल गशेण सुनारले बताए ।
रामचन्द्र बोहोराले निर्देशन गरेका ‘लालुपाते फुलेर रात्तै भो’ म्यूजिक भिडियो छयांकन कृष्ण पाण्डेले गरेका हुन भने जिवन सेन्चुरीले सम्पादन गरेका छन् । ‘लालुपाते फुलेर रात्तै भो’ म्यूजिक भिडियो वितरणको जिम्मा जे.आर.सी मिडियाले लिएको छ ।

प्रतिकृया

Add