कार दुर्घटनामा पप गायिका भाटियाको मृत्यु

 बुधबार, माघ १६, २०७५ | onlinenews

मुम्बई – भारतीय पप गायिका शिवानी भाटियाको कार दुर्घटनामा मृत्यु भएको छ । आग्रामा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको कार दुर्घटनामा परेको हो ।
दुर्घटनामा उनका पति गम्भीर घाइते भएका छन् । दुर्घटना सुरीर कोतवाली क्षेत्रको वरिपरि भएको भारतीय सञ्चार माध्यमा लेखिएको छ । प्रत्यक्षदर्शीका अनुसार कार तेज तफ्तारमा भएका कारण दुर्घटना भएको बताइएको छ ।
प्रहरीका अनुसार कारमा सवार भाटियाका पतिको अस्पतालमा उपचार भइरहेको र भाटियाको उपचारको क्रममा मृत्यु भएको हो ।
शिवानी बिहारको सीमामन्ढीमा जन्मिएकी थिइन् । हाल कामको सिलसिलामा दिल्ली बस्दै आएकी थिइन् । शिवानी प्रायः दिल्ली नोएगाको नजिकै स्टेजमा शो गरिरहन्थिन् । उनले थुप्रै बलिउड गायक र गायिकासँग पनि स्टेज शो गरिसकेकी थिइन् ।

प्रतिकृया

Add