रामेछापमा ६ मतदान केन्द्र थप हुने

 बुधबार, चैत्र २, २०७३ | onlinenews

चैत्र २, रामेछाप÷ रामेछाप जिल्लामा ६ मतदान केन्द्र थप हुने भएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि रामेछाप नगरपालिका र गाउँपालिकामा समेत गरी ६ वटा मतदान केन्द्र थप हुने भएको हो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यस अघिका मतदान केन्द्रलाई यथावत राखी स्थानीय निकायको पुर्नसंरचना पछि मन्थली नगरपालीकामा ४ वटा, रामेछाप नगरपालकामा १ र दोरम्बा गाउँपालिकामा १ गरि ६ वटा मतदान केन्द्र थपिन लागेको हो । प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले मतदान केन्द्र थप गर्ने निर्णय गरेको हो । थपिएको केन्द्रबारे सम्बन्धित सबैलाई जानकारी गराइसकिएको पनि जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

प्रतिकृया

Add