ल्होछारमा २ दिन विदा दिने दोरम्बाको निर्णय

 शुक्रबार, माघ १८, २०७५ | onlinenews
Share this

रामेछाप- जिल्लाको दोरम्बा गाउँपालिकाले ल्होछार पर्वको अवसरमा दुई दिन विदा दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको गाउँकार्यपालिकाको बैठकले ल्होछार पर्वको लागि दुई दिन विदा दिने निर्णय गरेको दोरम्बा गाउँपालिकाका प्रवक्ता अम्बिकाप्रसादर गजुरेलले जानकारी दिए ।
यही माघ २२ गते पर्ने २८५५ औं ल्होछार (फाग÷ड्वा ल्हो) पर्वको अवसरमा दोरम्बा गाउँपालका भित्र माघ २१ र २२ गते दुई दिन विदा दिने निर्णय गरेको प्रवक्ता गजुरेलले जानकारी दिए ।

Share this

प्रतिकृया

Add