मेहेनतीलाई पैसा कमाउन विदेश जानु पर्दैन

 बिहिबार, चैत्र ३, २०७३ | onlinenews

उपेन्द्र शंकर रामेछाप नगरपालिका वडा नं ५ बादिमा बस्नुहुन्छ तर अधिकांश समय रामेछाप बजारमा बिताउनुहुन्छ । गौरीशंकर मा.वि.रामेछापमा कक्षा ११ मा अध्ययनरत उहाँ बिहानीको पढाई सकेपछि युनिफर्म फुकालेर गोजीको मास्क लगाउँदै आरनमा गोल जोड्नुहुन्छ अनि फलाम पिट्न थाल्नुुहुन्छ । फलाम पिटेर दिनको एक हजार देखि पन्ध्र सयसम्म कमाउनुहुन्छ । रामेछापको बिहीवारे हाटको दिन भने अझ राम्रो कमाई हुने बताउनु हुन्छ उहाँ ।
परिवारको जिविको धान्ने जिम्मेवारी १७ वर्षीय शंकरको काँध छ । उहाँको परिवारमा बुवा, आमा, दाजु र दुई भाई गरि ६ जना छन् । परिवारको जिविको धान्ने आधार नै उहाँको बुवा छोराले सुरु गरेको पेशा हो । रामेछाप बजारमा सानो कोठा भाडामा लिई ग्रिल तथा आरन व्यवसाय संञ्चालन गर्नुभएको छ उहाँले । उहाँको र भाइहरुको अध्ययन खर्च अनि घर चलाउने आधार नै यहि व्यवसाय बनेको छ ।
पुराना फलामे औजारहरु मर्मत, नँया औजारहरुमा साँद लगाउने, हतियारहरुमा पाइन राख्नेदेखि वेल्डिङ्गको सीपमा समेत दक्ष शंकर काम गरि खान लाज मान्न नहुने बताँउनुहुन्छ । हजुर बुवा, बुवाले यहि पेशा रोज्नुभयो आपूmले पनि बुवालाई सानैदेखि सघाँए अब जवानीमा किन लजाउने उहाँ भन्नुहुन्छ । बिहानको क्याम्पस भ्याएर दिनभर खारखानामा काम गर्दा परिवारको आधारभूत आवश्यकता परिपूर्तिको लागि समेत सहज भएको उहाँको भनाई छ ।
युवाहरु रोजगारीको लागि विदेशिएको देख्दा उहाँको मन कटक्क खान्छ । जवानीमा बिदेशिएकाहरु छाला चाउरिएर फर्कन्छन्, कमाउन गएकाहरु धेरैजसो अपाङ्ग शरिर लिएर फर्किएका छन् । पैसा कमाउन विदेश गएकाहरुको त्यो हालत देख्दा आपूmले गरेको व्यवसायबाट सन्तुष्टि मिलेको छ उहाँले भन्नुभयो । आपूmमा भएको कला, सीप र मेहेनत प्रयोग गर्न सके खाडीको भन्दा यहि राम्रो कमाइ हुने उहाँ बताउनु हुन्छ । परिवारको नजरबाट पर भएर कमाएर ल्याएको धेरै पैसा भन्दा स्वदेशमा गरेको मेहनतले कमाएको थोरै पैसाको महत्व बढी हुने उहाँको भनाई छ ।
काममा मात्रै हैन पढाइमा समेत अब्बल हुनुहुन्छ उहाँ । जीवन सफल बन्नको लागि पैसा भन्दा पनि अध्ययन चाहिन्छ भन्ने बुझाई छ उहाँको । पढेर योग्यता अनुसारको नोकरी गर्ने रहर छ उहाँलाई । पढ्नलाई कामले छेक्दैन, काम गरेर पनि पढ्न सकिन्छ मात्र समय व्यवस्थापन गर्न सके पुग्छ उहाँले भन्नुहुन्छ । मेहेनतको कमाइमा विश्वास राख्ने उपेन्द्रलाई हाम्रो पनि सफलताको शुभकामना ।

प्रतिकृया

Add