स्वास्थ्य स्वयंसेविकालाई स्ट्रेचर

 बुधबार, फाल्गुन १५, २०७५ | onlinenews
Share this

रामेछाप– जिल्लाको खाँडादेवि गाउँपालिका र गोकुलगंगा गाउँपालिकाका आमा समूह तथा स्वास्थ्य स्वयंसेविकालाई सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारद्धारा सञ्चालीत मातृशिशु स्वास्थ्य सुधार (इमान) परियोजनाले स्ट्रेचर प्रदान गरेको छ ।
गर्भवति महिलालाई स्वास्थ्य संस्थामा प्रसूति गराई संस्थागत प्रसूतिको दर बढाउने उद्देश्यले स्वास्थ्य स्वयंसेविकालाई स्ट्रेचर प्रदान गरिएको मातृशिशु स्वास्थ्य सुधार (इमान) परियोजनाका प्रबन्धक विन्देश्वर थापामगरले जानकारी दिए ।


परियोजनाले स्वास्थ्य स्वयंसेविकाको मातहतमा रहने गरि खाँडादेवि गाउँपालिकामा ८१ वटा र गोकुलगंगा गाउँपालिकामा ५४ वटा गरि १ सय ३५ वटा स्ट्रेचर वितरण गरेको हो ।
गर्भवति, सुत्केरी महिला, विरामी तथा आपतमा परेकालाई बेलैमा स्वास्थ्य संस्थामा पु¥याउन सहयोग पु¥याउने उद्देश्यले स्ट्रेचर प्रदान गरिएको प्रबन्धक मगरको भनाई छ ।


परियोजनाको कार्यक्षेत्र रहेको खाँडादेवी गाउँपालिकामा १ सय ५ र गोकुलगंगा गाउँपालिकामा ७० वटा गरि १ सय ७५ वटा आमा समूह रहेका छन् । जसमध्य १ सय ३५ वटा समूहलाई गाउँपालिका तथा स्वास्थ्य संस्थासँगको समन्वयमा स्ट्रेचर प्रदान गरिएको हो ।
स्ट्रेचर वितरण कार्यक्रममा सहभागि जनप्रतिनिधि र स्वयंसेविकाले परियोजनालाई धन्यवाद दिंदै आवश्यक परेको बेला स्ट्रेचरको उचित गर्ने प्रतिवद्धता जनाएका छन् ।

Share this

प्रतिकृया

Add