हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित ७ जनाको निधन

 बुधबार, फाल्गुन १५, २०७५ | onlinenews
Share this

ताप्लजुङ्– ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।
तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा हेलीकप्टर दुर्घटनामा परेको हो । घटनास्थलमा रहेका स्थानीयबासीका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएको छ र आगो बलिरहेको छ ।
कालिका होटल सञ्चालक सुरज भट्टराइले ‘हेलिकोप्टर टुक्राटुक्रा भएर जलेको बताए । उनका अनुसार अहिले पनि आगो बलिरहेको छ ।
दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे, क्यानका ध्रुव भोचिभैया र हेलिकप्टर चालक क्याप्टेन प्रभाकर केसीको निधन भएको ताप्लेजुङ प्रहरी सूचना शाखाका हवल्दार विनोद परियारले जानकारी दिए ।

Share this

प्रतिकृया

Add