पूर्वउपप्रधानमन्त्री अधिकारीको निधन

 शनिबार, फाल्गुन १८, २०७५ | onlinenews
Share this

काठमाडौंः पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन भएको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले सामाजिक सञ्चालमार्फत सार्वजनिक गरेका छन् ।
मन्त्री ढुङ्गेलले आफ्नो फेसबुक वालमा स्टासट लेखेर पूर्वउप्रधानमन्त्री अधिकारीको निधन भएको सार्वजनिक गरेका हुन् । चिकित्सकले भने अधिकारीको मृत्यु भएको घोषणा गरेका छैन।


अधिकारीको परिवारका सदस्य राजधानी आएपछि चिकित्सकले औपचारिक रुपमा मृत घोषणा गर्ने बताइएको छ ।
गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पतालमा पुनःभर्ना गरिएको थियो । अधिकारीका स्वकीय सचिव महेश विष्टका अनुसार ह्याम्स अस्पतालमा उनको उपचारमा डा. भगवान कोइराला, डा मनबहादुर केसी र डा. अर्जुन कार्कीलगायतका संलग्न थिए ।

Share this

प्रतिकृया

Add