नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
संगीता रेग्मी
विगत वर्ष झैं यसवर्ष पनि रंगहरुको पर्व होली हामी माझ आईपुगेको छ । होलीले सम्पूर्ण नेपाली जनमा हर्षोउल्लास ल्याउने गर्दछ । रंग दलेर शुभकामना साटासाट गर्दै होली मनाउने परम्परा रहेको छ गरिन्छ । सदियौंदेखि होली मनाइदै आएको छ, तर एउटा गुनासो प्रत्येक वर्षको होलीमा आउने गर्छ । होली हामी नेपालीको उत्सव हो तर होलीको नाममा पनि हिमाल, पहाड, तराईमा विभाजन गरिएको छ, छुट्टाछुट्टै दिन मनाउने भनेर । यसले गर्दा एउटै देशमा रहेका नेपालीहरुमा टाढा रहेको अनुभूति दिलाउछ । नेपाली हुनुको, दाजुभाई दिदी बहिनी हुनुको सद्भावलाई यसले मनमा खिन्नता ल्याउँदछ । भनाई नै छ नि ‘हिमाल पहाड तराई कोही छैन पराई’ । यसलाई बरु एकैदिन बनाउन आवश्यक देखिन्छ । तराईमा उल्लास हुँदा होलीको पहाडमा पनि खुशीयाली छाएको हुनुपर्छ, अनि हिमाल पनि । होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । मानव समाजको विकासक्रममा निर्माण भएका विभिन्न संस्कृतिहरूमध्ये हिन्दु समुदायले सांस्कृतिक एवम् धार्मिक दृष्टिकोणले मनाउने पर्वमध्ये ‘होली’ एक हो । नेपालमा पनि होलीलाई विभिन्न क्षेत्रका हिन्दूधर्माबलम्बी तथा त्यो संस्कृतिसँग नजिक रूपमा रही सम्बन्ध निर्माण गरेको अन्य समुदाय पनि होली तदनुरूप मनाउने गर्छन् । पछिल्ला केही वर्षहरूमा नेपालका विभिन्न ठाउँमा मनाइने होलीहरूमा भारतीय चलचित्रहरूको प्रभाव प्रष्ट देखिन्छ । होली निसन्देह वर्षमा आपसी रिस, राग र द्वेषलाई समाप्त पार्दै एक अर्कोसँग अंकमाल गरी विभिन्न रंगको पर्व होलीमा रंग अविर लगाई सद्भावको साटासाट गरिन्छ ।
होलीको महत्व र सन्देशलाई नजिकबाट नियाल्दा यस पर्वमा आफन्त, इष्टमित्र, साथीभाइहरूले मिठो चोखो खाएर पनि एकअर्कामा खुसियाली साटासाट गरेको हामीले देख्दै र भोग्दै आएका छौं । यी सबै विषयहरूलाई हेर्दा होली पर्वको महत्व धेरै छ । यसबाट हामीले धेरै कुरा सिक्न सक्दछौं । तर, केही समय यता होलीपर्व विकृतिका रूपमा देखापरेको छ ।
होली पर्वलाई जथाभावी लोला हान्ने, कालोमोसो दल्ने, रंग छ्यापी दिने र नशालु पदार्थ सेवन गरी आनन्द लिने दिनका रूपमा पनि यसलाई प्रयोग गर्ने जमातहरू बढ्दै गएको छ, जुन हामीले गएको वर्षहरूमा देखेका छौं । यसवर्ष पनि यो कुरा पूर्णरूपले हट्छ भन्नेमा हामी ढुक्क छैनौं । यही रवैयाबाट होली पर्वलाई प्रयोग गर्नेहरूको जमात बढ्दै गयो भने भविष्यमा राज्यले नै कडा रूपमा यसलाई बन्देज लगाउनेसम्मको कार्य गर्न बाध्य हुनेछ भन्नेमा शंका छैन ।
सबैजसो पर्वका राम्रा सन्देश र उद्देश्यहरू रहेका हुन्छन् । तर, समाजमा हामीले नै यसलाई विकृत बनाउने काम गरिरहेका छौं । होलीको सन्दर्भमा पनि यदि हामीले यसमा बढ्दै गएका विकृतिहरू रोक्ने सन्दर्भमा ध्यान दिएनौं भने यसको नकारात्मक दुष्परिणाम हामी सबैले भोग्नुपर्ने हुन्छ ।
यतिबेलाको समय संक्रमणकालीन छ । यस्तो अवस्थामा हरेक कार्यबाट समाजमा हिंसा, अन्याय, अत्याचार हुने सामाजिक सद्भावमा गम्भीर असर पुग्ने कामहरू बढी हुने गर्दछन् । त्यसैले होलीका नाममा पनि यी कार्यहरू नहुन भनेर सजगता अपनाउन वेश हुन्छ । होली पर्व सद्भाव र भातृत्वको मियो हो । समाजमा बढ्दै गएको अपराध मानसिकताले पनि होलीपर्वलाई विकृतियुक्त बनाउने सन्दर्भमा भूमिका निर्वाह गरिरहेको छ । सभ्य समाज निर्माणका लागि पनि अपराधिक मानसिकता र प्रवृत्तिलाई निरूत्साहित पार्ने काममा सबै लाग्नु जरूरी छ । होली पर्वलाई मर्यादितरूपमा सबैले मनाउने वातावरण निर्माण गर्ने काम सबैको हो । होली पर्वलाई बिकृत हुनबाट रोक्नका लागि हरेक जिल्ला र स्थानीयस्तरमा पनि विशेष तयारी र सजगता अपनाउँदै सचेतनाको पाटोलाई खरो ढंगबाट अगाडि बढाउन जरूरी छ । आफ्नो सभ्यता र संस्कृतिलाई संरक्षण गर्दै आगामी दिनमा होली पर्वलाई मर्यादित पर्वको रूपमा चिनाउन आवश्यक छ । मधेश दर्पण फिचर सेवा