नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
सन्तोष ढुङ्गेल
सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार !
म एउटा स्वतन्त्र नागरिक भएको हैसियतले केही कुरा भन्ने अनुमति लिन्छु ।
गणतन्त्र नेपालको दुई पटक प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरेर समृद्ध नेपाल र सुखी नेपालीको अभियान चलाउनु भएको छ त्यसको लागि सबैले मनन गरेकै छन । भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकता दिनु भयो वा वा पाउनुभयो अनि भन्नूभयो भ्रष्टाचारीको अनुहार पनि हेर्न चाहान्न भनेर तर धेरै भ्रष्ट हजुरकै वरिपरि छन् । बलात्कारी रमाउँदै हिडेका छन । खै कहिले हुन्छ यिनीहरूको निर्मूल ? शान्ति सुरक्षाको सम्वदनशीलताको बरेमा सधै चिन्तित हुनुहुन्छ तर किन जनताले त्यसको प्रत्याभूति गर्न सकेका छैनन् ? यि र यस्तै कौतुहलता आम जनतामा छ ।
प्रधानमन्त्री ज्यु ।
दुई तिहाई प्राप्त जनमत मुठीमा छ तर काम भन्दा हल्ला तीन तिहाई भयो भन्ने कुरा आम जनताको छ । पूवै एमाले र पूर्व माओवादी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बन्यो तर त्यही पार्टीका अध्यक्ष कमरेड प्रचण्डले फेरि अर्को माओवादी जन्मन सक्छ भनेको ताजै छ । भर्खरै एउटा सहमति घोषणा गर्नुभयो । त्यो पनि राजनैतिक सहमति । डाक्टर सिके राउतसँग । न त्यसमा विगतका गल्तीको आत्मालोचना छ न समीक्षा ? सत्तारूढ दलका प्रभावशाली नेताले नै त्यसलाई नेपालको राष्ट्रियताको मृत्युु पत्रमा हस्ताक्षर भन्ने संज्ञा दिएका छन । सरकारले यसको प्रष्ट पार्नु जरुरी छ । स्वतन्त्र मधेस राज्यको माग गर्नेले जेल मुक्त भएकै भोलिपल्ट यस्तो सहमति कसरी भयो ? के जनमतसंग्रहको नाममा नेपालीको खेतीयोग्य तराई छुट्टै राज्य बनाउने षड्यन्त्र त हैन प्रश्न उब्जाएको छ ।
प्रधानमन्त्री ज्यु ।
बिगतमा हिंसात्मक जनयुद्धमा रहेको तत्कालीन माओवादी दुई चार टुक्रामा विभाजन पछि पुष्पकमल दाहाल नेतृत्व र यहाँको नेतृत्वबीच बैचारिक एकता हुँदै पार्टी एक भएको छ तर दाजुसँग हनिमुन मनाउदै त्यहीबाट अलगिएको नेत्रविक्रम चन्द ‘बिप्लप’ आज अर्को जनयुद्धको तयारीमा रहेको चर्चा व्यापक छ । उसलाई पनि बार्ता र सहमतिको माध्यमबाट बैचारिक राजनीतिमा ल्याउन कमरेड प्रचण्ड र सरकारको नेतृत्वको हिसाबले यहाँको मुख्य भुमिका हुन्छ । तर आज देशद्रोहको मुद्दा लागाएकासँग राजनैतिक सहमति हुने । त्यही युद्धको तयारीमा रहेको बिप्लपसँग किन केही नहुने ? अझ यहाँले त उत्तेजित अभिव्यक्ति दिदै लुटेरा समूहको उपनाम दिदै हिड्नु भएको छ भने अर्काेतिर अर्का अध्यक्ष प्रचण्ड अर्काे माओवाद जन्मन सक्ने । के फेरि नेपालीमा सान्तिको आश मर्न लागेको हो ? फेरि नेपाली नेपाली एक आपसमा भिडण्तको अवस्था आउन लागेको हो ? यो चिन्ताको विषय बनेको छ ।
प्रधानमन्त्री ज्यु
अन्त्यमा देशमा सुशासन कायय होस । के पि + पि के + सि के नहोस । यहाँको सपना समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा होस् । यहाँलाई लोभ नै के छ र न छोराछोरीको चिन्ता छ न परिवारको । अब नेपालको मुहार फेरियोस । मेट्रो रेल, पानी जहाज, हावाको बिजुली जेजे छन सबै आउन । भ्रष्टाचार नियन्त्रण होस् । बलात्कारी कानूनी दायरामा आउन् । बेरोजगार युवाले रोजगार नेपालमै बसेर गर्न पाउन् । यहाँको कार्यकाल एक युग बनास् यहि सदिच्क्षा छ ।
जय नेपालभुमी ! जय नेपालआमा !