९० कार्टुन बर्डफ्लू संक्रमित अण्डा नष्ट

 मङ्लबार, चैत्र १२, २०७५ | onlinenews
Share this

रामेछापः बर्डफ्लू संक्रमित क्षेत्र चितवनबाट आएको ९० कार्टुन कुखुराको अण्डा रामेछाप प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
ढुवानीको साधन चेकजाँचको क्रममा अवैध रुपमा ल्याइएको, अहिलेको बजर मूल्य अनुसार २ लाख ४० हजार रुपैयाँ बरावरको अण्डा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।


रामेछापका स्थानीय पोल्टी ब्यवसायिको उजुरीको आधारमा प्रहरीले चितवनबाट अवैध रुपमा आएको अण्डा नियन्त्रण लिएको थियो ।
प्रभु पोल्टी सप्लायर्स नारायणगढले जितपुरको लागि क्वारेन्टाइन काटेको अण्डा, जितपुरबाट विना क्वारेन्टाइन रामेछाप ल्याइएको र अण्डा पुग्ने स्थान र मिति समेत नखुलाइएकाले अण्डा नियन्त्रणमा लिइएको पशु सेवा शाखा मन्थली नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक मुकुन्द खड्काले बताए ।


पशुपंक्षी तथा पशुपंक्षीय ओसारपसार अनुमतिको भेटेरिनरी प्रमाणत्रमा क्वारेन्टाइनको छाप नभएको, ढुवानीको साधनको पहिचान नभएको, अण्डा प्याकिङ्ग गरिएको कार्टुन उत्पादक कम्पनी र अण्डा उत्पादक कम्पनी फरक पाइएको खड्काको भनाईको भनाई छ ।
अण्डा ढुवानी ब्यवसायिले भने नष्ट गरिएको अण्डा बर्डफ्लू संक्रिम नभएको दावि गरेका छन् । रामेछापका ब्यवसायिले बाहिर जिल्लाबाट आउने अण्डा रोक्ने नियतले अण्डा नष्ट गराउन अण्डा ढुवानी ब्यवसायि होमथा कडेलले आरोप लगाए ।
ढुवानी ब्यवसायिले जितपुरबाट विना क्वारेन्टाइन व्यसायिक पान बिलमा दोलखा पुग्ने उल्लेख गरि अण्डा लिएर आएका थिए ।

Share this

प्रतिकृया

Add