गेटमै बरामत भयो ९ बोरा चिट

 बिहिबार, चैत्र ३, २०७३ | onlinenews

३ चैत्र, महोत्तरी– एसइई परीक्षा सुरु भएको आज पहिलो दिन नै ९ बोरा चित बरामत भएको छ । कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिन परीक्षा हलको प्रवेशद्धारामा चेकजाँच गर्दा महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट सो संख्यामा चिट बरामत भएको हो ।
जिल्लाको विभिन्न २८ वटा परीक्षा केन्द्रमा प्रवेश गर्न लागेका परीक्षार्थीलाई मूल गेटमा चेकजाँच गर्दा चिट बरामद भएको छ । परीक्षा केन्द्रको मूल गेटमा खटिएका प्रहरी र शिक्षक टोलीले गरेको चेकजाँच गर्दा नौ बोरा गाइड, पुस्तक तथा फ्लेप बरामद भएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिकृया

Add